December 2, 2022, Friday
१६ मंसिर २०७९, शुक्रबार

‘२५ वर्षदेखि थुप्रिएको फोहोर फाल्छु र विकास गर्छु’

४५ वर्षभन्दा लामो अवधि मुलुकको औद्योगिक र आर्थिक बिकास र प्रवद्र्धनमा बिताएका विनोद चौधरी मुलुकबाट फोब्र्समा सूचिकृत उद्योगी हुन् । यसअघि २०७० मा संविधानसभा सदस्य बनेका उनी २०७४ सालमा सामानुपातिकबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । खर्बपती उद्योगीका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका उद्योगपति चौधरी अहिले पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । संसदमा चुनिएर मुलुकको आर्थिक बिकासमा योगदान गर्ने लक्ष्य रहेको उनी बताउँछन् । नेपाली कांग्रेस केन्द्रीय सदस्यरहेका चौधरीसँग गरिएको कुराकानी कुराकानी :

Advertisement

यहाँको उम्मेदवारी किन र के का लागि ?
यसअघि म दुई पटक सांसद भइसकेको छु । विशेषज्ञको हैसियतले संविधानसभामा पुगे । गतिशील संविधान आओस् भन्ने थियो । त्यसबेला ऐतिहासिक जिम्मेवारी थियो । त्यो काम सफलतापूर्वक पूरा गर्यौं । २०७४ सालमा लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारी थियो । त्यसबेला आर्थिक विकास प्राथमिकता थियोे । त्यसका लागि राजनीतिक सीमा हुन्छ, तपाईं अगाडि बढ्नुस् भनेर पार्टीले मलाई आह्वान गर्यो । त्यसबेला पार्टी सभापतिले नै आह्वान गर्नु भएको थियो । त्यतिबेला दलको सदस्यता लिएर म त्यहाँ गएको थिएन । पार्टीलाई अप्ठेरो परेको थियो । त्यतिबेला बाम गठबन्धन बनिसकेको थियो । त्यो अप्ठयारो बुझेको थिए । पार्टीले पनि मलाई देशभरि क्याम्पेनिङ गर्ने जिम्मेवारी दिइएको थियो । मैले क्याम्पेनिङ गरे पनि । मुलुकभर ४० भन्दा धेरै निर्बाचनका सभामा सहभागी भए । अहिले मेरो उमेदवारी रहर होइन, केही गरौं र गरेर देखाउनका लागि हो ।

दुईपटक समानुपातिकबाट सांसद भइसक्नुभयो, अहिले प्रत्यक्षमा उम्मेदवारी किन फेरि ?
मैले जानेको परिवर्तन भनेको विकास नै हो । मेरो उद्देश्य चौतर्फी विकास नै हो । विकासका विभिन्न आयाम हुन्छन् । ती आयामलाई संगै लिएर जानका लागि संगठन र जनताबाट अनुमोदित भएर आउनु पर्छ भने लाग्यो । त्यही भएर उम्मेदवारी दिएको हुँ । मेरो मान्यता के रह्यो भने यदी राजनीतिमा सक्रिय हुने हो भने केही न केही परिवर्तन ल्याउन सकिन्न भन्ने बोध छ । यसैले प्रत्यक्ष रोजेको हुँ । नत्र राजनीतिमा खासै प्रभाव पार्न सकिँदैन भन्ने महशुस गरे । यो चुनौतीका लागि पनि मैले एउटा निर्णय गर्नुपर्ने बेला आयो । जनताको राजनीति गर्ने गरि अहिले उम्मेदवार बनेको हुँ ।

यहाँ उद्योगपति, राजनीतिमा योगदान नगरेको उम्मेदवार भन्लान नी ?
हो, उद्योगपति भएपछि यस्तोमा जो भए पनि आनन्दसँग बसेर जीवन बिताउन सक्थ्यो, मैले पनि सक्थेँ । मैले ४५ बर्षसम्म संघर्ष गरेँ । सुखी जीवनका लागि सबै उपलब्धी हासिल गरेँ । अहिलेसम्म कमाएको प्रतिष्ठाको सेरोफेरोमा रहेर आनन्दले बस्न सक्थे होला । त्यसैले राजनीतिमा सक्रिय रुपमा लाग्न न मलाई नाम चाहिएको छ, नत दाम नै । अन्तर मनले के भन्यो भने, होइन तिमी सबैको सम्पर्कमा आउँछौं । बिशेष गरेर युवा सर्कलसंग जोडिएका छौं । मसँग १४–१५ लाख युवा सम्पर्कमा सामाजिक सञ्जालको माध्यमबाट जोडिएका छन् । ती सवैले प्रश्न गर्छन् की तपाईं जत्तिको अन्तर्राष्ट्रिय जगतसंग जोडिएको र अन्तर्राष्ट्रिय जगतमा नेपालको एउटा झण्डा फहराउन सक्ने मान्छेले किन हाम्रा लागि नेपालमैं बस्ने वातावरण बनाउने काम गर्न सक्नु हुन्न ? मैले यो कुरालाई मनभित्र गम्भिरतापूर्वक लिए । र, राजनीतिमा आएँ । म नेपाली कांग्रेसको वडा समितिको निर्बाचन लडे । निर्बाचन लड्नु सजिलो काम थिएन । पार्टीको केन्द्रिय महाधिवेशनमा लाखौं मतदातालाई हात जोड्दै भोट मागे । केन्द्रीय सदस्य भए । स्थानिय निर्बाचनमा सक्रिय भए । गाउँ गाउँ पुगे । पहाड पुगे । त्यसपछि मात्र अहिले म यहाँ उभिएको छु ।

स्थापित उद्योगपतिका रुपमा यहाँलाई धेरैले चिन्छन्, यस्तोमा उम्मेदवारका रुपमा बुझाउन कति सजिलो छ ?
अहिले म त्यही सामान्य व्यक्तिका रुपमा मतदाता माझ छु । अरु कुरा तुलना हुने कुरै हैन । म बिनोद चौधरी पहिला सार्वजनिक बसमा चढेर सामान्य सरकारी बिद्यालयमा पढेको व्यक्ति हुँ । म साधारण परिवेशबाट आएको व्यक्तिले एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित सञ्जाल बनाउन सक्छु भने अहिलेसम्म मुलुक किन बनेन ? महत्वपूर्ण कुरा त्यो हो । पटकपटक देशमा परिवर्तन नभएका त होइनन् । सरकामात्र होइन व्यवस्था नै बदलियो । राजतन्त्र बदलियो । संघीय गणतन्त्र आयो । तर, देश बनेन । सय रुपैया किासका लागि बिनियोजन गर्छौ, तर खर्च दश रुपैयाँमात्र गर्छौं । हाम्रो बढेको भनेको त खाली साधारण खर्च हो । राजश्व घट्दो छ । ब्याजदर बढ्दो छ । त्यसले उद्यमी व्यवसाय सडकमा उत्रेको अवस्था छ । देश बिग्रियो है । श्रीलंकमा हुन लाग्यो भन्न्ेको जमात पनि छ । उद्यमको हिसावबाट यस्तो सेरोफेरोमा रहेर एउटा सडकपतिबाट बिश्वमा एउटा पहिचान बनाए । एउटा नेपालीको छोरो माटोबाट उठेर त्यो ठाउँमा पुगे । यसमा सवै नेपालीले गर्व गर्नु पर्छ, गरेका पनि छन् । कतिपयले यसलाई राजनीतिक कुण्ठाको रुपमा लिएर बङ्ग्याउने पनि प्रयाश गरे ।

कस्ता एजेण्डा लिएर मतदातासमक्ष जानुभएको छ ?
मेरो मुख्य एजेण्डा भनेको विकास र जनजीविका सम्बन्धी छन् । मैले बिकास कसरी गर्नुपर्छ भन्ने बुझेको छु । देश कसरी सम्पन्न बन्छ भन्ने पनि थाहा छ । विश्वका कतिपय देश कसरी विकसित भए भन्ने पनि ती देशको इतिहासलाई आँखै अगाडिबाट हेर्ने मौका पाएको छु । सीमा पारीकै देश (भारत) मा कसरी अगाडि बढ्यो देखेको छ । मलाई के आत्मबिश्वास छ भने बिकासका लागि सही राजनीतिक नेतृत्व आवश्यक छ । जेलनेल खाएर राजनीतिक परिवर्तन ल्याउने नेतालाइ सम्मान गर्छु । यति हुँदाहुँदै पनि मुलुकको विकासका लागि गर्नुपर्ने राजनीतिको आफ्नै एउटा दिशा र बाटो छ । आफ्नै खालको रणनीति हुन्छ । आफ्नै खालको प्रक्रिया हुन्छ । हामीलाई कित्ताकाट गरेर फरक ठान्नु हुँदैन । एउटा उद्योगी, एउटा डाक्टर एउटा इञ्जििनियर, प्रोफेसर, अर्थ बिशेषज्ञ जस्ता व्याकराउण्डबाट आएकालाई किन कित्ताकाट गर्ने ? उनीहरुलाई किन राजनीतिमा अग्रस्थान बनाउन स्थान नदिने ? किन तिनीहरुलाई छेकेर राख्ने ? के एउटा उद्योग गर्नु अपराध हो । के डाक्टरी र इञ्जिनियरि बन्नु–गर्नु अपराध हो, खाली राजनीतिमा गर्ने मान्छे भन्दा उ दोस्रो दर्जाको नागरिक हो ? मेरो नजरमा होइन । विश्वको इतिहास हेर्नुस्, विश्वले पनि त्यही गरेको छ । हो, ५० औं बर्षसम्म जेलनेल खाएर आन्दोलनमा होमएिर घरवार लुटाएर मुलुकमा परिवर्तन ल्याउनेलाइ म पनि नमन गर्छु । त्यत्तिकै म पनि त ४५ बर्षसम्म एउटा संस्थाको निर्माण कसरी हुन्छ ? कसरी त्यो संस्थाले परिवर्तन ल्याउँछ ? सशस्त्र द्वन्द्वकै वेलामा एउटा उद्योग ग्राम बनाएको होइन र ?

तपाईंका निर्वाचन क्षेत्रमा के–कस्ता समस्या छन् ?
यहाँ समस्या नै समस्या छन् । २५ बर्षसम्म यहाँको डुवान समस्या किन सम्बोधन भएन ? सिंचाइ समस्या छ । मलखाद र बीउ बिजन पाएनन् ? गतिलो शिक्षालय, गतिलो अस्पताल किन बनेन् । बेरोजगारी समस्या समाधान भएन । युवा बिदेशीन बाध्य छन् । मुसहरदेखि दलितको घरको हालत देख्नु भएको छ ? त्यहाँ गर्नुपर्ने विकासको जिम्मेवारी कसले लिने ? त्यसको जिम्मेवारी राजनीतिलाई दिने की ? पटकपटक एकैजनालाई आँखा मिचेर जिताएर आठ–आठ पटक मन्त्री खानेलाई दिने ? नेपाली कांग्रेसको बर्चश्व भएको ठाउमा किन हार्छ ? केही त होला नी कारण । त्यसलाइ अनुसन्धान गरौं न । मेरो भनाइ के हो भने, जुन कुरा जे हो त्यसलाई त्यही चस्माले हेर्नुपर्छ । त्यसमा अलिकता मिक्स गर्न खोज्दा रिजल्ट अर्कै आउँछ ।

यहाँलाई थाहा होला, यो निर्वाचन क्षेत्रमा नागरिकताको पनि समस्या छ नी ?
हो नागरिकताको समस्या बल्झाएर राख्ने को हो ? म त्यही संगठनको सदस्य हुं जसले दुई पटकसम्म नागरिकता बिधेयक सदनबाट पास गरेर पठाएको हो । हामीले त संविधानको सिमामा बसेर दुईचोटी नागरिकता बिधयेक पास गरेर पठायौें । यतिबेला नागरिकता राजनीति हो ? जसले नागरिकता विधेयक रोकेको हो उसलाई प्रश्न गर्नुस् । नागरिकता समस्याबाट साढे ७ लाख नागरिक पिल्सिएका छन् । यो समस्या मधेशको मात्र होइन । पहाडको पनि समस्या हो । बिदेशी र छिमेकी नागरिकता लिन्छन् भन्ने पनि होइन । यो नेपालीको समस्या हो । नागरिकताको अभावले राम्रो अध्ययनबाट बञ्चित हुनु परेको छ । एउटा सिमकार्ड किन्न नपाएको अवस्था छ । एउटा युवा विदेश जानबाट बञ्चित हुनु परेको छ । बैंककोे खाता खोल्न नपाउनु समस्या हो । नागरिकता समस्यालाई गलत ढंगले व्याख्या गरेर २०६३ देखि लम्ब्याउने काम भयो ।

यो क्षेत्रमा भूमि सम्बन्धि समस्या धेरै छन्, यहाँलाई कत्तिको जानकारी छ ?
भूमि आयोगले समाधान गर्नुपर्ने धेरै समस्या छन । यो यहाँको दोस्रो ठूलो समस्या हो, सुकुम्बासी समस्या । घर छ, लालपुर्जा छैन । लालपुर्जा छ, तर अर्कैको नाममा छ । पालिकामा फाइल तयार भएको छ, तर जग्गा नापजाँच छैन । सुकुम्कासीको नाममा राजनीति गर्नेलाई सोध्नेकी नसोध्ने ? अहिले जनप्रतिनिधि आएको बल्ल चार महिनामात्र भयो । त्यो भन्दा अगााडि स्थानीय तहका जिम्मेवार जनप्रतिनिधिलाई सोध्ने की नसोध्ने ? किन उनीहरुको लगत समेत तयार भएन ? भनेर । जग्गाधनि दिलाउँछु भन्दै हिंड्ने राजनीति गर्दे हिंड्ने । तर उनीहरुको लगत पनि नराख्नु अपराध हो की होइ न ? मेरो ठाउँमा यदि अर्को मान्छे भएको भए खाली भोटको मात्र कुरा गर्ने थियो । मेरो मान्यता केहो भने, भोटको राजनीतिको एउटा आफ्नै सिमा छ, प्रकृया छ र विकासको आफ्नै प्रकृया छ । यो दुवै प्रकृया संगसंगै जान सक्छ । एकले अर्कोसंग साटासाट गर्नु पर्ने आवश्यकता छैन ।

यहाँले क्षेत्र विकासलाई कसरी लैजानु हुन्छ ?
यहाँका जनता पिल्सिएर बसेका रहेछन् । २५ बर्षसम्म डेलिभर नभएको विकासलाई डेलिभर गर्ने मेरो लक्ष्य छ । म आएको २५ साता पनि भएको छैन । बल्ल अहिले उनीहरुमा अव केही हुन्छ–हुन्छ की भन्ने आशा जागेको छ । गठबन्धनभन्दा फरक कित्तामा रहेकाले पनि आशा गरेका छन् । अव केही हुन्छ यसपाली भनेर । म माथिको अवको सवै भन्दा ठूलो नैतिक दवाव नै यही हो । २५ बर्षसम्म जम्मा गरेर थुपारेर राखेको फोहरको थुप्रोलाई सफा गर्न कति समय लाग्छ भन्ने नै हो । २५ बर्षसम्म थुप्रिएर बसेका विकासका आयोजनालाई कसरी तह लगाउने हो ? एउटा प्रक्रियमा रहेर, एउटा पार्टीको सिस्टममा रहेर स्थानीय, प्रदेश तहको साथमा लिएर काम गर्छु । पाँच बर्षमा हामी यो सवै काम गर्छौ भन्ने आत्म बिश्वास म मा छ ।