April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठपर्व (फोटोफिचर)

भैरहवा– उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै यसवर्ष छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन सोमबार ब्रतालुहरूले उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चार दिवसीय छठ सम्पन्न भएको हो।

Advertisement

शुक्रबार नहाय–खाय विधिबाट सुरु भएको छठको दोस्रो दिन खरना विधि सम्पन्न गरिएको थियो।

Advertisement

छठको मुख्य दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने चौथो दिन सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ। जसलाई पारन भन्ने गरिन्छ।

तस्विरहरू