September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

दाइले भाइ–बुहारीको हत्या गरेपछि…

भैरहवा– आफ्नै दाई । नपुग्दो केही थिएन । प्रहरी अनुसन्धान अनुसार आर्थिक रुपमा समक्ष्ँ परिवारमा सम्पती हडप्नकै लागि सहोदर दाजुले भाई–बुहारीको बिभत्स हत्या गर्लान् भन्ने कल्पना गर्न मुश्किल पर्छ ।

Advertisement

बाँकेको कोहोलपुरमा दुई साताअघि यस्तै अपत्यारिलो घटना भएको छ । समाजलाई पत्यार नलाग्ने यस्तो विपत बृद्ध बाबु आमाले कसरी बेहोरीरहेका होलान । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरका बृद्ध घिरन र केतुकी गढरिया अहिले यस्तै बज्रपात सहन बाध्य छन् ।

बाँके प्रहरीका अनुसार घिरनका जेठा छोरा विजयले आफ्नै भाई बुहारीको हत्या योजना बनाए । उनको योजना बनाएर सुपारी दिएपछि अन्य पाँच जना संलग्न भए । ती पाँच जनाले मिलेर घिरनका कान्छा छोरा कृष्णकुमार र बुहारी अन्जलीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय कोहोलपुरका अनुसार दाइको योजनामा कान्छो भाई र चार महिनाकी गर्भवती बहाुरीको मध्यरात सुतेका बेलामै बिभत्स हत्या भएको अनुसन्धानबाट खुलेको हो । परिवारमै यत्रो आपत परेपछि बृद्ध आमाबाबु र आफन्तलाई सम्हाल्न गाह्रो भएको छ । अहिले आफन्त आएर ढाडस दिइरहेका छन् ।

बृद्ध घिरनले आफूलाई सम्हाल्न नसकिरहेको जनाए । उनकाअनुसार बुहारी गर्भवती थिइन । ‘नाती–नतिनी खेलाउने धोको थियो,’ उनले भने, ‘कोखमै मारिदिए ।’ एउटै कोखबाट जन्मिएको सन्तान पनि यति क्रुर र निर्दयी बनेको देख्दा धेरैजना अवाक छन् ।

हत्यामा संलग्न आरोप लागेका ५ जना मध्ये ४ लाई नियन्त्रणमा लिएर प्रहरीले ज्यान मुद्दा चलाएको छ । सम्पत्ती प्राप्त गर्न हत्या गरेको स्वीकारेको प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बताए ।