July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

थाई थेरापी पद्धतीद्वारा एक हजारको उपचार

लुम्बिनी– थाईल्याण्डको पुरानो र प्रभावकारी मानिएको थाई थेरापी उपचार पद्धतीबाट रुपन्देहीको लुम्बिनी र आसपास एक हजार ७८ जनाको निःशुल्क उपचार गरिएको छ ।

Advertisement

घुँडा, कम्मर, कुकुच्चा र पाइताला दुखेका र त्यसमा समस्या भएका विरामीलाई उपचार गरिएको थियो । रोयल थाई मोनाष्ट्री र विश्व प्रकाश प्रतिष्ठानद्वारा लुम्बिनीमा संचालित ५ दिने निःशुल्क उपचार शिविरमा प्राचीन कालको थाई थेरापी गरिएको थियो ।

Advertisement

थाइल्याण्डबाट ल्याईएको विभिन्न २० थरिका जडीबुटी पिसेर अदुवासँगै दुखाई र समस्या भएको ठाउँमा ४ घण्टा प्लास्टिकले बेरेर राखेर उपचार गरिँदै आएको विश्व प्रकाश प्रतिष्ठान अध्यक्ष मनिराम भुसालले बताए । ‘नेपालमा पहिलो पटक यो पद्धतीबाट उपचार गरेका हौं,’ उनले भने्, ‘निक्कै प्रभावकारी देखियो ।’

आगामी वर्ष पनि शिविर संचालनको माग भएको छ । ‘शान्तिभूमि बुद्धस्थल लुम्बिनी आसपास सेवा गर्न निक्कै उत्सुक छौं’, उनले भने, ‘स्थानीयको मागलाई नकार्न सक्दैनौ । त्यसैले आगामी वर्ष चिकित्सक टोली लिएर फेरी सेवा गर्न आउने सक्दो प्रयास हुने छ ।’

थाइल्याण्डबाट आएका चिनियाँ डा.उचिन्हियान नेतृत्वको ८ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले यहाँ उपचार गरेको हो । कम्तीमा ३ दिन यो पद्धतीबाट उपचार गरेपछि धेरै फाइदा पुग्ने बताइएको छ । घुँडा र कुकुच्चा दुखेर उभिँदा अरुको साहारा नलिई उठ्न्ै सक्थिन् गैडहवा गाउपालिका–६, सूर्यपूराका ८ वर्षे अंगल यादबले भने अब सजिलै उठ्न हिँडन् थाले ।

दुई वर्ष औषधि गर्दा फाइदा भएको थिएन् । तीन दिनमा धेरै सुधार हुदा मन चंगा बनेको छ उनले बताए । कपिलवस्तु, पश्चिम नवलपरासी र रुपन्देहीका विरामी उपचार गर्न पुगेका थिए । ८ वर्षदेखि ७९ वर्षसम्मका विरामीका उपचारका लागि आएका थिए । ४ वर्षदेखि दुबै हात र खुट्टाका जोर्नी दुखेर र झमझमाएर खप्न नसकेर घरै बसेका थिए लुम्बिनी साँस्कृति नगरपालिका १०, महिलबारका ५८ वर्षे त्रिभुवन थारुले बताए ।

‘काठमाडौंसम्म उपचार गर्न पुगे,’ उनले भने्, ‘लाख बढी खर्च गरे ।’ ठिक भएन् । माइकिङबाट सूचना गरेको सुनेर आए । ३ दिन उपचार गरे । दुखाई र झझमाउन छोड्यो । ‘अचम्म भयो, खुसी हुँदै’, उनले भने ।