December 12, 2024, Thursday
२०८१ मंसिर २७

घाँस काट्न गएकी युवतीमाथि जवरजस्तीकरणी, एक पक्राउ

भैरहवा– युवतीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घाँस काट्न जङ्गलमा गएकी युवतीलाई सहयोग गर्ने बहानामा जवरजस्ती करणी गर्न खोजेको आरोपमा इलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका–५, मलमलाटोल बस्ने ४८ वर्षीया निलमणि दमाईलाई पक्राउ गरेको हो ।

साउन १० गते बिहान करिब नौ बजेतिर गाँउकै दिदी नाता पर्ने महिलासँग घाँसदाउरा गर्न ती पीडित युवती जङ्गल गएकी थिइन् । केही समयमै जरुरी कामले सँगै गएकी दिदी घर फर्किएपछि जंगलमा एक्लै भएकी युवतीलाई सोही मौका पारी दमाईले जवरजस्ती करणी उद्योग प्रयास गरेको प्रहरी आरोप छ ।

Advertisement

प्रहरीका अनुसार सैनामैना नगरपालिका अन्तर्गत तुलबुलिया खोलाको पूर्वपट्टी रहेको नेवारडाँडा जङ्गलको करिब पाँच सय मिटर माथिको जंगलमा घाँस काटि भारी पुर्याइरहँदा पीडि युवतीलाई बारुलाले टोकेपछि उनले आवाज निकालेर कराएकी थिइन् । त्यसपछि सोही जंगलमा दाउरा काट्न गएका दमाईले के भयो भनि सहयोग आएका थिए । उनले सोही बाहनामा एकान्त पारी युवतीको संवेदनशील अङ्गहरुमा छुन खोजी जवरजस्तीकरणी गरेको प्रहरी भनाई छ ।

दमाईले जवरजस्ती गरेपछि युवतीले बल प्रयोग गरी जंगलबाट भागेकी थिइन् । उक्त जवरजस्ती करणी उद्योग घटनाकी पीडित युवती १९ वर्षीया भएको प्रहरीले बताएको छ । बिवाहित समेत रहेकी युवती जंगलबाट भागेर आएपछि सालझण्डी प्रहरीलाई खबर गरेकी थिइन् ।

तत्काल घटनास्थल पुगेका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीसहितको टोलीले घटनामा संलग्न दमाईलाई पक्राउ गरेको हो । उनलाई करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मरासिनीले बताए ।