September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

भैरहवामा माइक्रो बस दुर्घटना, पाँच घाइते

भैरहवा– रुपन्देहीको भैरहवास्थित नयाँ सडकमा बुधबार बिहान माइक्रो बस दुर्घटना भएको छ । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ३६६० बस दुर्घटना हुँदा चालक, सहचालक र तीन यात्रुसहित पाँच जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भैरहवास्थित बसपार्कबाट बुटवलका लागि हिंडेको उक्त बस सिद्धार्थनग–७, नयाँ सडक (भाटभटेनी) अगाडि दुर्घटना भएको हो । बस उत्तानो (छतको भाग तल) परेर पल्टिएको छ । बसको सिसा फुटेको छ । सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा बस ६ लेन सडकको डिभाइडरमाथि पुगेको छ । मानवीय क्षति नभए पनि दुर्घटना बसमा सवार सबै सामान्य घाइते भएको बताइएको छ । घाइते सबैलाई उपचारका लागि प्रहरीले भीम अस्पताल पुर्याएको छ । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरी भनाई छ । भयानक दुर्घटना भए पनि बसमा धेरै यात्रु सवार नभएकाले मानीवय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

Advertisement