July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

प्रेमीको श्रीमती र छोरी कुटेपछि राज्यमन्त्री बेहोस, अस्पताल भर्ना

भैरहवा– लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वली अस्पताल भर्ना भएकी छन् । मंगलबार बिहान राज्यमन्त्री वली दाङको तुलसीपुर उपमहानगरपालिका–५, आलुमण्डीस्थित प्रेमी भनिएका एकराज बस्नेतको घरमा प्रवेश गरी बस्नेतकी पत्नी मिना र उनकी छोरीलाई कुटपिटमा उत्रिएकी थिइन् । त्यसपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर राति बुटवल पठाएको थियो ।

Advertisement

राज्यमन्त्री वलीको सचिवालयकाअनुसार मानसिक पीडाका कारण एक्कासी बेहोस भएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दाङबाट उपचारका लागि मंगलबार राति करिव १२ बजे वलीलाई बुटवलस्थित प्रादेशिक अस्पतालमा लिएर उपचार भइरहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले बताए । ‘हाल राज्यमन्त्रीज्यूको निरन्तर उपचारपछि स्वास्थ्य सुधारात्मक बन्दै गएको छ’, विश्वकर्माले भने ।

Advertisement

राज्यमन्त्री जस्तो उच्च ओहदामा रहँदा समेत मर्यदा विर्सेर प्रेमीको घरमा पुगेर श्रीमती र छोरीलाई कुटपिट पछि उनको सर्वत्र आलोचना भएको छ । एमालेले वलीको राजीनामा समेत मागेको छ । राज्यमन्त्री वलीविरुद्ध मिनाले दाङ प्रहरीमा जाहेरी समेत दिएकी छन् । स्रोतकाअनुसार राज्यमन्त्री वलीविरुद्ध जाहेरी परेपछि मुख्यमन्त्री कुलप्रसाद केसीकै पहलमा दाङबाट उनलाई बुटवल ल्याइएको हो ।

विश्वकर्माका अनुसार राज्यमन्त्री वलीले एकराज बस्नेतले आपूmसँग सापटी लिएको पैसा बारम्बार फिर्ता दिन अनुरोध गर्दा पनि नदिई सम्पर्कविहीन बनेपछि पैसाको कारोबार मिलाउन एकराजको घर पुगेको बताएको विश्वकर्माले जनाए । ‘घर पुग्दा योजनाबद्ध रुपमा फसाइएकाले आफू थप मानसिक तनाब भएर बेहोस भएको बताउनुभएको छ’, वलीको भनाई उद्धृत गर्दै विश्कर्माले भने ।

राज्यमन्त्रीको भनाई सुनाउँदै उनले अघि भने, ‘पैसा फिर्ता र धेरै पटक हिसाव मिलाउनका लागि आग्रह गरियो, कुनै सुनुवाई भएन, सम्पर्क विहीन भएपछि गएर भेटेर नै मिलाउनका लागि गएकी हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले मलाई पसाउने काम गरियो । मैले मेरो सुरक्षा, स्वकीयसहितको टिम लगेर गएकी थिएँ । हामीलाई च्यानलगेट बन्द गरियो ।’ आफू सम्मेमित हुदाँहुँदै पनि एकराजकै योजनामा एकराजका दाजु बीरेन्द्र बस्नेतले योजनाबद्ध रुपमै तयारी गरेको, हाम्रो पनि पावर छ भन्दै पत्रकार, सुरक्षाकर्मी बोलाएर आफूलाई झन गाली गलौज गरेको वलीले बताएकी छन् । आफूलाई लगाएको आरोप बदनाम गराउने मात्रै भएको वलीले दावी गरेकी छन् ।

आफूले सामान्य रुपमा हिसाव किताव मिलाउनका लागि गरिएको आग्रहमा पनि आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका घटनामा जोडिएको उनले बताएको विश्वकर्माले जनाए । ‘पहिलेको पैसा नै नदिई, झन मेरो कारोवार विग्रिएको छ, मेरो घरलाई बंैकमा राखेर ऋण निकाल्न खोजको थियो, मैले दिएन त्यसबास उसले मनाई थप पीडा दिर्दै तपाइँलाई मन्त्री बनाए मैले के पाए ? भनेर बारम्बार पीडा दिइरहेको थियो’, उनले भनेकी छन् ।