September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

भैरहवा –  लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

महिलामाथि हातपात गरेको आरोपमा दाङ प्रहरीले

Advertisement

उनलाई नियन्त्रणमा लिएकाे हाे ।

मंगलबार तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको मन्त्री वलीमाथि आराेप छ । यही आराेपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले पुष्टि गरे ।

ती महिलालाई राज्यमन्त्री वलीले बिहान करिब ८ बजे हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘एक घरमा गएर महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौं,’ प्रहरी निरीक्षक स्वारले भने, ‘घटनाबारे बुझिरहेका छौं । दुबै पक्षकाे कुरा सुनेपछि वास्तविक कुरा बाहिर आउँछ ।’