December 12, 2024, Thursday
२०८१ मंसिर २७

जिसस गठनमा काँग्रेसले पायो साना दलको साथ

भैरहवा- नेपाली काँग्रेसले जिल्ला समन्वय समिति गठनमा साना दलहरूको साथ पाएको छ । आगामी असार ४ गते हुने जिल्ला समन्वय समिति रुपन्देहीको निर्वाचनमा काँग्रेसलाई साना दलहरुले साथ दिएका हुन् ।

काँग्रेससँग लोकतान्त्रिक समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीबीच गठबन्धन हुने पक्का भएको छ। तालमेलको प्रयास गरिरहेको नेकपा एमाले भने एक्लै निर्वाचन लड्ने भएको छ ।

Advertisement

रुपन्देहीमा जिल्ला समन्वय समितिको चुनावका लागि ३२ जना मतदाता छन् । जितका लागि १७ मत आवश्यक पर्ने छ । काँग्रेस नेतृत्वको गठबन्धनसँग २० मत रहेको छ । यो गठबन्धन कायमै रहेमा काँग्रेसको जित निश्चित छ । काँग्रेससँग १४, लोसपासँग ३, जसपासँग १ र जनता प्रगतिशील पार्टीसँग २ मत छ ।

त्यस्तै एमालेसँग ११ मत मात्र रहेको छ भने १ मत रहेको राप्रपाले उम्मेदवारी दिएको छैन। जिससको प्रमुखमा गठबन्धनबाट काँग्रेसका उमाकान्त चपाई र उपप्रमुखमा लोसपाकी रामकिर्पाल धोबी उम्मेदवार बनेका छन्।