December 5, 2024, Thursday
२०८१ मंसिर २०

निश्चलले जिते दुई स्वर्ण

भैरहवा – बुटवलका निश्चल ज्ञवालीले काठमडौंमा सम्पन्न टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता-२०२२ को यु-९ र यु-१० उमेर समूहमा स्वर्णपदक जितेका छन् । टिम टेनिस नेपालका आयोजनामा काठमाण्डौमा सम्पन्न प्रतियोगितामा बुटवलको न्यु होराइजन इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययरत निश्चलले स्वर्ण जितेका हुन् ।

उनले यु—९ समूहमा काठमाण्डौका विशेषविश्व दर्लाकोटीलाई ५—४, ३—५, ११—९ को सेटमा पराजित गरेका हुन् । यसैगरि उनले यु —१० उमेर समूहमा काठमाण्डौका साङ्खा राईलाई १—६, ७—५, ८—७ को सेटमा पराजित गर्दै दोस्रो स्वर्ण हात पारे ।

Advertisement

प्रतियोगिता अन्तर्गत यु —१२ उमेर समूहमा बुटवलका वृजेश अर्यालले काठमाण्डौका असब हाडालाई ६—०, ६—० को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेका छन् । यसैगरि बुटवलका निर्जल टण्डल यु — ८ समूहमा दोस्रो तथा यु —९ मा संघर्ण फौज्दार र यु—१० सन्दिप जिसी तेस्रो भए । रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवालीले काठमाण्डौ बाहिर बुटवलमा उमेर समूहका राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यअनुसार प्रशिक्षण दिएको बताए ।

बुटवलका प्रशिक्षक विकास खड्काले लामो समयको मेहनतका कारण खेलाडीहरु स्वर्णपदक जित्न सफल भएको बताए । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा जेठ १३ देखि पाँचदिनसम्म धापाखेल लनटेनिस कोर्टमा भएको खेलमा देशभरका एकसय ३५ बढी खेलाडीहरु सहभागी थिए । उनीहरुले यु —८, यु —९, यु— १०, यु—१२, यु—१४ र यु— १६ तर्फ सिगल र खुल्लातर्फ पुरुष/महिला डबल गरि आठ विद्यामा प्रतिस्पर्धा गरेका थिए ।