April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

गठबन्धनलाई पराजित गर्दै तुलसीपुरमा एमाले विजयी

दाङ– नेकपा एमालेले दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा जित हासिल गरेको छ । सत्तारूढ गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुख जितेको हो।

Advertisement

प्रमुखमा एकालेका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन् । खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई पराजित गरे । खड्काले ३१ हजार ४०८ मत ल्याउँदा गिरीले २७ हजार ७१६ मत पाए।

Advertisement

उपप्रमुखमा चौधरीले ३० हजार ५९७ मत प्राप्त गरेर विजयी भइन् । नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१ हजार६५ मत प्राप्त गरे । तुलसीपुरमा एमालेले १० वडाध्यक्ष पनि जितेको छ । यहाँ नेपाली काँग्रेसले ५ वडाध्यक्ष जित्यो । त्यस्तै नेकपा माओबादी केन्द्रले ४ वडाध्यक्ष जितेको छ ।

तुलसीपुर १६ मा भने स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । यसपटक गठबन्धनबाट माओबादी केन्द्रले फाइदा लिएको छ । २०७४ सालको निर्वाचनमा माओबादीले १ वडा पनि जितेको थिएन । १० वडा जितेको काँग्रेसले यसपाली ५ वडाहरु गुमाएको छ । तुलसीपुरमा कुल ७४ हजार ३ सय ३७ मत खसेको थियो ।

घोराही उपमहानगरमा पनि सत्ता गठबन्धनलाई हराएर एमालेले जित हात पारेको थियो। यी दुबै उपमहानगरमा २०७४ को चुनावमा पनि एमाले विजयी भएको थियो।