July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

गैडहवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

भैरहवा – रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुरेन्द्र पौड्याल निर्वाचित भएका छन् । उनले ५ हजार ६३१ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बसि उल्लाह मुसलमानलाई १ हजार २४३ मतान्तरले पराजित गरेका हुन् ।

पराजित बसि मुसलमानले ४ हजार ३८८ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा एमालेकी उम्मेदवार माधुरी जैसबाल ४ हजार ७५७ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मन्जु न्यौपानेले ४ हजार ६५९ मत ल्याएकी छन् ।

Advertisement