गठबन्धनलाई पराजित गर्दै देवदहको प्रमुख र उप-प्रमुखमा एमाले विजयी
भैरहवा- नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका ध्रुवप्रसाद खरेल निर्वाचित भएका छन्। खरेलले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हिराबहादुर खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन्।
खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए। नगर उप-प्रमुखमा नेकपा एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित भइन्। गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी छन्।
गुरुङले १३ हजार ७ सय ८४ मत पाउँदा गिरीले ७ हजार दुई सय ९० मत पाइन् । खरेलसंग पराजित भएका नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए । उप-प्रमुख निर्वाचित गुरुङ २०७४ को निर्वाचनमा पनि एमालेबाट उप-प्रमुख जितेकी थिइन् ।
प्रतिकृया दिनुहोस्