April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

आज भारतीय प्रधानमन्त्री माेदी लुम्बिनी आउँदै

लुम्बिनी- २५६६ औं बुद्व जयन्तीकाे अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी लुम्बिनी आउँदैं छन् । लुम्बिनी बिकास काेषका अनुसार अहिले साढे १० बजे भारतीय वायु सेनाकाे हेलिकप्टरबाट प्रधानमन्त्री माेदी लुम्बिनी आइपुग्ने कार्यक्रम रहेकाे छ ।

Advertisement

यहाँ आएपछि प्रधानमन्त्री माेदीले मायादेवी मन्दिरमा आयाेजना हुने पूजामा सहभागी हुनेछन् । त्यसलगत्तै लुम्बिनीको पश्चिम बिहारी क्षेत्रमा निमार्ण गरिने इन्टरनेशल बाैद्विष्ट कन्फिडेरेशन (आइसीबी) बिहारकाे शिलान्यास गर्ने कार्यक्रम छ । उक्त विहारको शिलान्यास भारतीय प्रधानमन्त्री माेदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाकाे निमन्त्रणामा भारतीय प्रधानमन्त्री यहाँ आइरहेका हुन् ।

Advertisement

उक्त बिहारकाे शिलान्यासपछि माेदी यहाँ रहेकाे हाेटल पवन प्यालेसमा विश्राम गर्ने कार्यक्रम छ । उक्त हाेटलमा दुई मुलुकका प्रधानमन्त्री बीच भेटवार्ता र समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम रहेकाे छ ।

उक्त हाेटलमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीलाई दिवा भाेज दिने कार्यक्रम छ । त्यसपछि यहाँस्थित नयाँ निर्माण भएकाे पाँच हजार जना अटने बाैद्व सभा हलमा दुबै मुलुकका प्रधानमन्त्रीले बुद्व जयन्ती समारोहलाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।