December 12, 2024, Thursday
२०८१ मंसिर २७

नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्ट अग्रता बढाउँदै

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले तीन हजार सात सय मतसहित अग्रता कायम गरेका छन्।

नेकपा एमालेका पशुपतिदयाल मिश्रले एक हजार सात सय ५१ र राप्रपाका नन्दलाल वैश्यले एक हजार सात सय सात मत पाएका छन्।

Advertisement

उपप्रमुखमा जसपाका कमरुद्दिन राईले दुई हजार ८४५, राप्रपाकी विन्दु चर्तीमगरले एक हजार ७७४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले एक हजार एक सय ९० मत प्राप्त गरेकी छन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो।

मतगणना ढिलो भएको गुनासो आएपछि अहिले चार स्थानमा मतगणना सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिइन्।