December 5, 2024, Thursday
२०८१ मंसिर २०

बाँकेमा कांग्रेस–एमाले तीन–तीन, जसपा दुई र माओवादी एक वडामा विजयी

बाँकेका नौ वटा वडाको मतपरिणाम आएको छ। जसमध्ये एमाले र कांग्रेसले तीन–तीन वडामा जितेका छन् भने जसपाले दुई र माओवादी केन्द्रले एक वडामा जित हात पारेको छ।

एमालेले राप्तीसोनारी गाउँपालिकाको १, २ र ३ नम्बर वडा जितेको छ। वडा नं. १ मा यामबहादुर खत्री, २ मा ज्ञानु वली, ३ मा मिनबहादुर थारुले वडाध्यक्ष जितेका छन्।

Advertisement

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा जब्बर अलि बेहना, खजुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका मनबीर खत्री, डुडुवा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका पटेश्वर कुर्मी विजयी भएका छन्।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा अब्दुल गफार हलवाई र जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका मो. रज्जा राई विजयी भएका छन्।

नेपालगन्जमा अहिले वडा नम्वर १, २, २१ को मतगणना भइरहेको छ। मेयरमा कांग्रेसका प्रशान्त विष्टको अग्रता रहेको छ।