May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

कांग्रेसले बुटवलमा बढायो मतान्तर

बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले मतान्तर थप फराकिलो बनाउंदै लगेका छन् ।

१ हजार ४ सय मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर उम्मेदवार मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराई २३९ मतसहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा भने राप्रपा उम्मेदवार भगवती पाण्डेले अरुलाई पछि पारेकी छन् । पाण्डेले ३१९ मत ल्याउँदा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सावित्रा अर्यालले २९४ मत ल्याएकी छन् । सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका चिनबहादुर गुरूङले २४३ मत ल्याएका छन् । गुरुङ एकीकृत समाजवादीका उम्मेदवार हुन् ।

Advertisement