May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

बुटवलमा काँग्रेसका पाण्डेको अग्रता कायमै

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयर (प्रमुख)उम्मेदवार खेलराज पाण्डेले निरन्तर अग्रता लिएका छन् । बुटवलमा ९ सय मत गणना हुँदा पाण्डे ४२२ मतसहित अग्रस्थानमा छन् ।

यहाँ प्रमुख पदमा राप्रपाका मृगेन्द्र शेरचनले पाण्डेलाई पछ्याइरहेका छन् भने एमाले उम्मेदवार बाबुराम भट्टराई तेस्रो स्थानमा छन् । यहाा वडा नम्बर एकको मतगणना भइरहेको छ ।

शेरचनले २१५ मत ल्याउँदा एमालेका भट्टराईले १६० मत ल्याएका छन् । तर, यो वडाको वडाध्यक्षमा भने एमालेले अग्रता लिइरहेको छ। अहिले वडा नं १ को मतगणना भइरहेको छ। वडा नं १ मा १९६८ मत खसेको थियो ।

Advertisement