May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

रेसुङ्गा-२ मा  कांग्रेसको प्यानलै विजयी

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–२ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ वडाध्यक्षमा काँग्रेसका हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका छन्।

रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मतसहित अग्रता लिइरहेका छन्। उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।

Advertisement