May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

बुटवलमा कांग्रेसको अग्रता 

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकामा गठबन्धन तर्फका नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन्।

३ सय मत गन्दा कांग्रेसका पाण्डेले १ सय ३० मत प्राप्त गरेका छन् भने राप्रपाका मृगेन्द्र शेरचनले पछ्याइरहेका छन्।

मतपरिणामअनुसार शेरचनले ६६ मत ल्याएका छन्। नेकपा एमालेका बाबुराम भट्टराई तेस्रो स्थानमा छन्। उनले ४५ मत प्राप्त गरेका छन् ।

Advertisement