March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

उत्साहपूर्ण मतदान [फोटोफिचर]

भैरहवा– स्थानीय तह निर्वाचनमा रुपन्देहीमा उत्साहपूर्ण मतदान भइरहेको छ । मतादाता बिहानैदेखि लाइनमा बसेर आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन् । मतदान केन्द्रमाहरु मतदाताको बाक्लो भीड छ ।

Advertisement

जिल्लामा ७ सय मतदान केन्द्र र २ सय ८ मतदानस्थल तोकिएको छ । ६ लाख ३२ हजार ३६० मतदाता रहेको रुपन्देहीका उत्साह र शान्तिपूर्वक मतदान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

Advertisement

निर्वाचनलाई लक्षित गरेर जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सबै मतदानस्थल, केन्द्रको सुरक्षा र निगरानीसँगै नागरिकलाई भयरहित वातावरणमा मतादान गर्ने वातावरण तयार गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको तिवारीले जानकारी दिए ।

जिल्लामा निर्वाचन सुरक्षाका लागि चार हजार ६ सय चार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशसन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार नेपाल प्रहरी १ हजार ४ सय, सशस्त्र प्रहरी ६ सय, नेपाली सेना ६ सय र म्यादी प्रहरी २ हजार ४ सय परिचालन गरिएको छ । सबै ठाउँमा उत्साहसाथ मतदान भइरहेको प्रशासनले जनाएको छ ।