May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

गृहमन्त्री खाँण र एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन् । गृहमन्त्री खाँणले रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ को ज्योति आधारभूत स्कूलमा मतदान गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका उनले बिहान सवा ७ बजे मतदान गरेका हुन् ।

Advertisement

यस्तै, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि मतदान गरेका छन् । पौडेलले बिहान ७ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान स्थलमा मतदान गरेका हुन् ।

एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को विश्वशान्ति आधारभुत स्कूलको मतदान स्थलमा पुगेर मतदान गरेका छन् ।

यस्तै, पूर्वमन्त्री एवं राप्रपा नेता दीप बोहराले सिद्धार्थनग नडा नम्बर ३ स्थित खजहना आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा पुगेर मतदान गरेका छन् । जिल्लामा ७ सय मतदान केन्द्र र २ सय ८ मतदानस्थल तोकिएको छ । ६ लाख ३२ हजार ३६० मतदाता रहेको रुपन्देहीका उत्साह र शान्तिपूर्वक मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।