December 12, 2024, Thursday
२०८१ मंसिर २७

उत्साहित गठबन्धन

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस आफ्नो बिरासत फर्काउन र माओबादी केन्द्र नगरपालिकामा आफ्नो झण्डा फहराउन कस्सिएका छन् । दुबै दल स्थानीय तह निर्वाचनमा एक ठाउँ भएर चुनावमा होमिएका छन् । यी साझेदर दल जति कस्सिएर निर्वाचन जित्न लागेका छन्, उनीहरुमा उत्साह पनि उस्तै छ । सोमबार भैरहवामा यी दुईदलले एकता प्रस्तुत गर्दै निकालेको संयुक्त र्याली र सभाले त्यसलाई पुष्टि गरेको छ । हातमाहात र काँधमा काँध मिलाउँदै गठबन्धनले सोमबार भैरहवामा विशाल शक्ति प्रदर्शन गरेको हो ।

नाच्दै गाउँदै कार्यकर्ता एवं स्थानीय र्यालीमा स्वस्फूर्त पुगेका थिए । हात–हातमा झण्डा थिए । सौहार्दपूर्ण वातावरण, उत्साहित मन नेताहरु, उम्मेदवारहरुमा मात्रै होइन् कार्यकर्ता र स्थानीय बासिन्दामा पनि थियो । यसले गठबन्धनभित्र एकताको सन्देश मात्रै बोकेको थिएन, निर्वाचन जित्ने आत्मविश्वास र भरोसा समेत थपेको थियो । ‘हाम्रो शक्ति प्रदर्शनले सिद्धार्थनगरमा गठबन्धनको जित सुनिश्चितता गरेको छ’, नेपाली काँग्रेस सिद्धार्थनगरका सभापति कोशिशबहादुर खड्का भन्छन् ।

Advertisement

बुद्धचोकमा जम्मा भएका दुवै दलका नेताकार्यकर्ता, उम्मेदवार र स्थानीयको जुुलुुस बुद्धचोकदेखि मिलनचोकसम्म थियो । दश हजार बढी सभा र र्यालीमा सहभागी भएको गठबन्धनको दावी छ । यहाँ कांग्रेसले २०४९ को स्थानीय निर्वाचनमा नगरप्रमुख जितेको थियो । त्यसयता कांग्रेसले प्रमुख र उप–प्रमुखमा जित्न सकेको छैन भने माओबादीले नगरपालिकामा आफ्नो उपस्थिति देखाउन सकेको छैन । अहिले यी दुवै दल गठबन्धनमा छन् ।

कांग्रेसका तत्कालीन नगरप्रमुख डा.बलराम गौतमले चुनाब जितेपछि नगर विकासको खाका कोरेका थिए । डा.गौतमले जापानको याकोहामा सिटीसँग नगर भगिनी सम्बन्ध कायम गराउँदै बारुणयन्त्र लगायतका थुप्रै सहयोग जुटाएका थिए र नगर विकासमा नयाँ आयाम थपेका थिए । तर, त्यसयता नेपाली कांग्रेसले सिद्धार्थनगरमा जित हासिल गर्न सकेको छैन । कारण, आफू भित्रकै घात–अन्तर्घात नै हो । तर, अहिले कांग्रेसीमा एकता देखिएको छ । घात–अन्तर्घातबाट कहिल्यै शिर उठाउन नसकिने गरी पछारिने छौं भन्ने होस आएको छ ।

३० वर्ष अघिको आफ्नो बिरासत फर्काउनकै लागि कांग्रेसीजन अहिले एक भएका छन् । आफ्नो तिक्ततालाई पाखा फालेर धमाधम पार्टीको चुनाबी लयमा फर्केका छन् । टिकटका अन्य आकांक्षीहरु सुरेन्द्रजंग थापा, दीपक क्षेत्री न्यौपाने, बिजय शर्मा, शुशील गुरुङ, महेन्द्रकुमार श्रेष्ठ पनि निरन्तरको पराजयको श्रृंखलालाई क्रमभंग गर्न थप उर्जाकासाथ चुनाबी रणसंग्राममा होमिएका छन् । उनीहरुको एउटै उद्देश्य केवल विजयको झण्डा फहराउने र कांग्रेसमा नयांँउर्जा थप्ने रहेको छ ।

उता ५ वर्ष अघि कांग्रेस पार्टीसंग अलग रहेका ओमकुमार श्रेष्ठको पुनरागमनले युवा कार्यकर्ता र मतदातामा पनि नयाँ रक्तसंचार गरेको छ भने राजीनामा दिएकाहरु यसअघि नै फर्केर झन जिम्मेवारी बोकेर हिंडेका छन् । त्यस्तै कांग्रेसको पुरानो खम्बाको रुपमा निक्कै लोकप्रियता कमाएका बिजय शर्मा पनि यसपालि अमेरिकाबाट फर्की निरन्तर प्रचारमा खटिएका छन् । अर्कोतर्पm नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनले गर्दा थप मजबुत बनाएको छ ।

चुनावी सभामा सम्बोधन गरेका सबै बक्ताले गठबन्धन अहिले आवश्यकता र अपरिहार्यता भएकाले गठबन्धन पक्षधरसंग सहमती भए अनुरुप उम्मेदवारलाई खुलेर एकअर्को पक्षले मतदान गरेर बिजयी बनाउन अपिल गरे । साथै उनीहरुले गठबन्ध पक्षकाबिरुद्धमा विभिन्न अफवाह पैmलाएर र फुटाएर कम्जोर बनाउनका लागि गर्ने अनेक षड्यन्त्रलाई जुटेर मुकावला गर्दै परास्त गर्न पनि कार्यकर्तामाझ आग्रह गरे । कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले नेपालको राजनीतिक इतिहासमा कुनै पनि तानाशाही प्रबृत्तिलाई निर्मुल पार्न गठबन्धनको आवश्यकता हुने गरेको उल्लेख गर्दै यो अहिलेको गठबन्धन तेस्रो भएको बताए ।

उनको भनाइमा, पहिलो गठबन्धन २०४६ सालमा तत्कालीन पंचायती निरंकुश व्यवस्थाको अन्त्यका लागि आम बामगठबन्धन शक्ति र नेपाली कांग्रेसबीच भएको थियो । पंचायती व्यवस्थालाई निर्मुल उक्त गठबन्धनले पारेको थियो । दोस्रो गठबन्धन तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता सवै आफ्नो हातमा लिएर निरंकुश बन्न थालेपछि त्यसकाबिरुद्धमा नेपाली कांग्रेससहित बाम घटक र माओवादी शक्तिबीच गरिएको थियो । अहिलेको गठबन्धन एमाले अध्यक्ष ओलीको तानाशाही प्रबृत्तिबिरुद्धमा हो ।

‘अहिलेको गठबन्धन केवल सत्ता संचालनका लागिमात्र नभएर नेपालमा स्थापित लोकतान्त्रिक व्यवस्था र आम नेपाली जनताको मौलिक हक अधिकारको रक्षार्थका लागि हो’, खाँणले भने, ‘जो एमाले अध्यक्ष केपी ओलीले समाप्त पार्न चाहन्थे ।’ नेपाली नागरिकको मौलिक अधिकारलाई दमन गर्दै नेपालमा स्थापित मौलिक संस्कृति र मान्यतालाई ओलीले धावा बोल्ने काम गरेको आरोप उनले लगाए । गुठी संस्कृति नेपालको मौलिक र परम्परागत संस्कृति रहेकोमा ओलीले गुठीको नाममा रहेका जमिन आफ्ना कार्यकर्तालाई बाँड्न थालेपछि गठबन्धनको जन्म भएको भनाई उनको थियो ।

एमाले अध्यक्ष ओलीले नागरिकको अधिकारलाई कम्जोर गराउन लागेको र जनताको स्थापित अधिकारमाथि धावा बोल्ने काम गरेको आरोप खाँणले लगाए ।

‘आज हामी गठबन्धनको पक्षमा उभिएर गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन दायित्व समेत हामी माझ थपिएको छ’, खाँणले भने, ‘नेपाली कांगे्रसमा गठबन्धन पक्षका उमेदवारलाई बिजयी गराउने जिम्मेवारी छ ।’ भ्ैरहवामा निर्माण सम्पन्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसंगै भारतसंग छोटो र सहज हवाइ रुटको अनुमती लिइ छाड्ने दावी उनले गरे । भैरहवामा बिद्यमान विद्युत समस्या, उद्योगको ट्रंक लाइनको समस्या समाधान चाँडै हुने उनले बताए ।

ट्रंक लाइनमा परेका कुनै पनि उद्योगीको बिद्युत लाइन नकाटिने र नीतिगत ढंगबाट समस्या सुल्झाइने उनले बताए । नेपाली नागरिकता प्राप्त गरेका बावु आमाका सन्तानलाई नेपाली नागरिकता दिलाउने प्रतिबद्धता उनले गरे । यसका लागि आफूले मन्त्री परिषद्को बैठकमा कुरा राखि नागरिकता बिधयेक सदनमा लैजाने तयारी गरेको जनाए । ‘नागरिकता बिधयेक संसदमा लगेपछि प्रमुख प्रतिपक्षी दलले पनि सहयोग गरोस् । सदन अवरोध नगरोस्’, खाँणले भने, ‘यदि संसद अवरोध भयो भने अर्को ढंगबाट पनि बिधयेक पास गरिने छ र नागरिकता नपाएर बसेका नेपाली युवालाई निरास हुन दिइने छैन ।’

गठबन्धनको तर्पmबाट नगरको प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका इस्तियाक अहमद खानले आफूले जनताको सेवालाई उत्तरदायी र जनमुखि गराउने प्रतिबद्धता व्यक्त गरे । ‘सेवाग्राहीको काममा हुने गरेको ढिलासुस्ती, भ्रष्टाचार, कमिसनतन्त्रकाबिरुद्ध मेरो उम्मेदवारी हो’, खानले भने, ‘मानवताको सेवा नै मेरो मूल मन्त्र हो र मुल धर्म पनि । चाहे जुनसुकै धर्म, जाती वा सम्प्रदायको होस्, सवैको समान ढंगले सेवा गर्नु मेरो परम दायित्व हो ।’

उनले आफू निर्बाचित भएमा के–के काम गर्ने ? भन्ने वारेमा शिक्षा, स्वास्थ्य, रोजगार, प्राविधिक शिक्षालयको स्थापना, हरियाली, फोहोरको स्थायी व्यवस्थापन, पर्यटन, बालमैत्री नगर, असाहाय तथा बृद्धका लागि योजना, कृषक लगायतका क्षेत्रमा गर्ने योजना वारे सुनाए ।

गठबनधनको तर्फबाट उपप्रमुखमा उमेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी कमला थापाले आफूले गर्न सक्ने काममात्र गर्ने भन्दै जनता सामु बाचा गर्ने बताइन् । ‘मैले घरघरमा ग्यासको पाइप ल्याउँछु भन्दै भोट मागेकी छैन’, थापाले भनिन्, ‘मेले जे गर्न सक्छु त्यसकोमात्रै प्रतिबद्धतापत्रमा उल्लेख गरेकी छु ।’ गठबन्धन पक्षधरले निकालेको ¥यालीले बिजयीको सन्देश दिइसकेको दावी उनले गरिन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हकिकुल्लाह खांले गठबन्धन अनुरुपका उम्मेदवारलाई बिजयी गराउन आफ्नो पार्टीका कार्यकर्ताले रुखमा मतदान गर्नमा कुनै शंका नगर्न भन्दै कांग्रेस कार्यकर्ताले पनि गठबनधनका उम्मेदवारलाई निर्धक्ककासाथ मतदान गर्न आग्रह गरे । पाँच बर्ष अघि निर्बाचित भएका दलले के काम गरे ? र, के कति घोषणापत्र अनुरुपका काम पुरा गरे ? भनेर सोधखोज गर्ने बेला भएको उनले बताए ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशिल गुरुङले बिगतमा बिजयी भएका पार्टीले सिद्धार्थनगरमा जनताका पक्षमा कुनै पनि काम गर्न नसकेको दावी गरे । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री भरतकुमार शाहले राजनीतिमा बिकास निर्माण कुरा हेरिने तर धर्मको कुरा नहेरिने बताए । ‘तरकारी उब्जाउने र बिक्री गर्ने किसान कुन जातीको हो ? भनेर हेरिँदैन’, गवठबन्धन उम्मेरवारबिरुद्ध केही दलले धर्म र जातीयताको कुरा उठाएर भड्काउन खोजेको आरोप लगाउँदै शाहले भने, ‘हामी सवै धर्म र जातीलाई समान व्यवहार गर्छौं ।’ मान्छे कामले ठूलो हुने उनले बताए ।

नेपाली काग्रेसका अर्का नेता बिजय शर्माले गठबन्धन पक्षका दुवै उम्मेदवार समाजसेवी भएकाले अत्याधिक मतले बजयी बनाउन अपील गरे । नेकपा माओवादी केन्द्रका अर्का नेता तीरबहादुर रोक्का (डार्बिन)ले गठबन्धन पक्षधरको शक्ति देखेर विपक्षीहरु अत्तालिन थालेको दावी गरे । प्रतिगामी पक्षले गठबन्धन पक्षलाई फुटाएर कमजोर बनाउन गठबन्धन पक्षमैं एकले अर्कालाई भोट हाल्दैन भनेर भ्रम छरेर भड्काउन खोजेको दावी गरे । नेपाली काग्रेसका अर्का बक्ता ओमकुमार श्रेष्ठले नेपाली कांग्रेस भित्रको सम्पूर्ण मतभेद अव बन्द भैसकेको र एकताबद्ध भएर अघि बढेको बताए । कांग्रेस कार्यकर्ताबीचमा देखिएका सम्पूर्ण असन्तुष्टि सवै समाधान भएको दावी उनले गरे ।