‘बृद्धभत्ता घरघरमा पुर्याउने व्यवस्था गर्छु’
सिद्धार्थनगरको वडा नम्बर ९ मा बिशेषगरि फोहोर व्यवस्थापन, नालीको निर्माण नहुने र निर्माण भएका नालीबाट पनि पानी नबग्ने, सार्वजनिक जमिन तथा सडक पेटीको अतिक्रमण, सवै वडाबासीमा स्वच्छ खानेपानीको अभाव, कतिपय युवामा लागुऔषधको दुव्र्यसन, स्वास्थ्य, शिक्षा, कृषि लगायत् धेरै क्षेत्रमा समस्या छन् । तमाम ति समस्यालाई मैले नजिकबाट नियालेको छु । जानकार छु । बिगतमा यि समस्या समाधानका लागि पहल त भए होलान तर प्रभावकारी रुपमा पहल गरेको भए यी समस्या बिद्यमान रहने थिएनन् ।
नगरपालिका वा दातृ संस्थाको सहयोगमा सडक तथा नाली बन्छ तर गुणस्तरीय बन्दैनन् । केही दिनमैं भत्किन्छन् । आफ्ना वडामा भए गरेका निर्माण कार्यको वारेमा जनप्रतिनीधि तथा सम्बन्धित निकायबाट वेला वेलामा अनुुगमन गरिदिएको भए निर्माण कार्य गुणस्तरहीन हुने थिएनन् । सचेत नागरिकको हिसावले मैले निर्माण कार्यमा भएका अनियमितताका बिषयमा कुरा उठाए पनि न ठेकेदारले टेरे । नत जनप्रतिनिधि र सम्बन्धित वडा कार्यालयबाट नै सुनुवाई भयो । यसको कारण हो, सर्वसाधारण नागरिकले उठाएको गुनासोको कार्यान्वयन गर्ने आधिकार प्राप्त स्थानमा म हुन सकिन ।
यस पटकको स्थानीय तहको निर्बाचनमा सिद्धार्थनगर नगरपालिकाको ९ नम्बर वडाको वडा अध्यक्षमा मैले आफ्नो उमेदवारी दिएको छु । मैले गर्न नै नसक्ने सपनाको आश्वासन जनतालाई बाँड्दै मत लिन खोज्दिनँ । किनकी भोली जनताले प्रश्न गर्ने छन्, खोइ तपाइले गर्छु भनेको कुरा किन पुरा गर्न सक्नुभएन ? भनेर । त्यसैले जे गर्न सक्छु त्यसलाई पुरा गर्ने प्रतिबद्धता आम मतदाता समक्ष गर्दछु ।
मैले मल बीउ समयमैं उपलब्ध हुने बातावरण बनाउने छुु । बेमौसमी तरकारी खेती आफ्नै कौशीमा गर्ने तालिम उपलब्ध गराउने छुु । पानीको श्रोत नजभएको ठाउमा बोरको व्यवस्था, किसानको उपजलाई समय सापेक्ष बजार भाउ दिलाउने, वाली तथा पशु बिमालाई व्यवहारिक बनाउने, खेती योग्य जमिन र बस्ती विकासको जमिन बर्गिकरण गरि हाल भएको सडकको स्तरोन्ती गर्दै अधुरा सडकलाई पूर्णता दिने छु ।
गोबर ग्याँस प्लान्ट जडान गर्न चाहने किसान तथा व्यक्तिलाई १० हजारसम्मको निर्माण सामाग्री प्रदान गराउने, बेरोजगारलाई शिपमुलक तालिम प्रदान गर्ने, साना उद्योग संचालनमा दर्ता प्रकृया निशुुल्क गरि प्रोत्साहन पुुरस्कारको व्यवस्था, फोहरको दीर्धकालिन व्यवस्थापन, सामुुदायिक बिद्यालयमा पढ्ने कक्षा १० सम्मका छात्रालाई बिद्यालय पोशाक र कापी कलम निःशुल्क उपलब्ध गराउने, स्नातक तह उतीर्ण न्युन आय भएका छात्राले स्नाकोत्तर बढ्न चाहेमा २० हजारसम्म एक पटक प्रोत्साहन अनुुदान दिने, नीजी तथा सामुदायिक बिद्यालयका शिक्षककालाई समयसापेक्ष तालिमको व्यवस्था गर्ने छु ।
गोनहिया अटो भिलेज जाने सडकमा बन्न बाकी पुल निर्माणका लागि पहल गर्ने र उक्त अटो भिलेजलाई तत्मामल संचालनमा ल्याउने, सुकुम्बासीको सही परिचान गरि जग्गा बितरणमा समन्वय गर्ने, वडा कार्यालयबाट दिइने सेवा चुस्तदुरुस्त बनाइ बढिमा आधा घण्टामा सेवा दिने व्यवस्था मिलाउने, गोनहियाको स्वर्गद्वारी घाटमा रहेको बिश्रामगृहको स्तरोन्ती गर्ने, वडावासीलाई पायक पर्ने ठाउँमा क्रियापुत्री भवन निर्माण गर्ने, असक्तहरुको बृद्धभत्ता बैंक मार्फत् घरमैं दिने व्यवस्था, जगेडा कोषको स्थापना गरि जन्म, मृत्यु बिबाह जस्ता व्यक्तिगत घटनामा बास्तविक समस्यामा परेका नागरिकलाई प्राथमिकताको आधार तयार गरि सहयोग गर्ने व्यवस्था मिलाउने छु ।
बिद्युत सेवाबाट बञ्चित नागरिकलाई जडानको सहज प्रकृयाको व्यवस्था, महिला उत्कृष्ट टोललाई पुरस्कार, नागरिकबाट लिइने कर कुन ठाउँमा प्रयाग भएको छ सार्वजनिक गर्ने, वडा समितिको खर्चलाई मितव्ययी बनाउने, वडा स्वास्थ्य चौकीमा कम्तीमा एमबीबीएस चिकित्सक रहने व्यवस्था, एम्बुलेन्स सेवा, स्वास्थ्य शिविर, सवै धर्मको संरक्षण र जातीय सद्भाव जगाउने कार्यक्रम संचालन, वडामा रिगंरोड, बृक्षारोपण, सार्वजनिक शौचालय, खेलमैदान, बालउद्यानको निर्माण, प्राविधिक शिक्षाका लागि पहल, खाना पकाउने एलपी ग्याँसको अभाव हुन नदिन उपभोक्ता कार्ड बनाइ व्यवस्थित बनाउने बिद्यालय छाडेका वालवालिकाको पहिचान गरि पायक पर्ने विद्यालयमा पुुनः भर्नाका लागि अभिभावकालाई अभिप्रेरित गर्ने र उदयपुरवासीले संरक्षित गरेर राखेको सार्वजनिक जग्गामा सोही टोलबासीको इच्छा अनुसार सार्वजनिक भवन निर्माणमा पहल गर्ने छु ।
प्रतिकृया दिनुहोस्