April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

‘अटो भिलेज संचालन मेरो प्राथमिकता’

प्रभात ज्ञवालीः वडाध्यक्ष उम्मेदवार, सिद्धार्थनगर–९ (राप्रपा)

म लामो समयदेखि यही नगरपालिकामा सेवा गरेर अवकास भई पुनः वडाबासीको सेवाका लागि राजनीतिमा आएको हुँ । राजनीतिमा आएसँगैं मलाई हाम्रो पार्टी राप्रपाले वडाध्यक्षमा उम्मेदवार बनायो । मेरो पहिलो प्राथमिकता भनेको यसै वडामा रहेको अटो भिलेजलाई संचालनमा ल्याउनु नैै हुने छ । धेरै लामो समयदेखि गोनहियामा रहेको अटो भिलेज संचालनमा आउन सकेको छैन । अटो ब्यबसायीहरुले गोनहियामा अटो दर्ता गरेर अन्यत्र संचालन गरिरहेको अवस्था । यसको अन्त्य गर्दै यथासिघ्र अटो भिलेज संचालनका लागि मैले पहल गर्ने छु ।

यहाँ ब्यवस्थापन हुुन नसकेका कुरालाई तत्काल ब्यबस्थापन गरी जुन समस्यामा रहनुभएका अटो ब्यबसायी हुहुन्छ, उहाँहरुको समस्या समाधान गर्ने छु । अर्को हाम्रो वडामा धेरै सार्वजनिक जग्गा व्यक्तिकै उपयोगबिहीन अवस्थामा रहेका छन् । त्यस्ता जग्गालाई संरक्षण गर्नमा मेरो पहल हुने छ ।

सार्वजनिक जग्गाको संरक्षण गरी बहुउद्देश्यीय पार्क निमार्ण गर्ने मेरो योजना छ । यस्तो पार्क होस्, जहाँ खेदकुद, ब्यायाम, बालमनोरञ्जनका साधनहरु होउन् । अर्को मेरो योजना वडालाई हरियालीकरण, सुन्दर, सफा बनाउने रहेको छ । यसका लागि टोलटोलमा बृक्षारोपण गराउने र बृक्षारोपणमा वडाबासीलाई अपनत्व हुने गरी सहभागी गराई रोपिएका बिरुवा हुर्काउन र संरक्षणमा विशेष ध्यान पुर्याउने छु । यसबाहोक अन्य सडक, विजुली, खानेपानी विस्तार जस्ता काम नियमित हुनेछन् । यस्ता नियमित हुने र गर्नुपर्ने कामलाई वडाबासीको आवश्यकता र रायसुझाव लिएर काम गर्ने छु। मलाई बिजयी बनाउनुभएको खण्डमा यहाँहरुको भरोसा र अपेक्षामा आँच आउन दिने छैन ।

Advertisement