May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

‘हिंसा र विभेद निर्मूल पार्छु’

धर्मवीर शर्माः वडाध्यक्ष उम्मेदवार, सिद्धार्थनगर–३ (काँग्रेस)

वडामा स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने छु । वडामा रहेको स्वास्थ्य चौकी स्तर उन्नती, वडामा निःशुल्क एम्बुलेन्स र सुपथ औषधि पसल संचालन गर्ने मेरो योजना छ । महिला, वालवालिका, जेष्ठ नागरिक, दलित तथा अपाङ्गता भएकामाथि हिंसा हुन नदिने, बालबालिकाको अधिकार सुनिश्चित गर्ने, बालमैत्री वडा बनाउने छु ।

बेरोजगार युुवाहरुका लागि रोजगारीको पहल, वडाका बासिन्दाहरुलाई योग्यता र दक्षतको आधारमा निजी क्षेत्र, उद्योगी ब्यबसायीसँग समन्वय गरी रोजगारीको अवसर सिर्जना गर्नमा पहल गर्ने छु । वडाका प्रत्येक सडक, गल्ली, बृक्षारोपण गर्ने, फोहोर मैलालाई उचित ब्यबस्थापन गर्ने र आम्दानीको स्रोत बढाउने गरी काम गर्ने छु । छाडा चौपायाको ब्यबस्थापन, भीडाभाड हुने स्थानमा सार्वजनिक शौचालय निमार्ण गर्ने छु । सरकारी जग्गा, पार्कको संरक्षण गरी निजी क्षेत्रसँगको समन्वयमा आम्दानीको स्रोत बनाउने गरी काम गर्ने छु ।

खानेपानी, बाटो, ढल, बिजुली जस्ता स्थानीय स्तरका बिकासलाई विशेष ध्यान दिने छुु । टोलटोलमा मेलमिलाप चौतारी निमार्ण गर्ने पनि मेरो योजना रहेको छ । वडामा लिइने करलाई प्रकृती हेरी छुुटको ब्यबस्था गर्ने छु । अतिबिपन्न बर्गालाई कर छुटको ब्यबस्था मिलाउने छु । वडामा संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने, टोल सुधार समितिलाई ब्यवस्थित र सुविधा सम्पन्न बनाउने, ट्राफिक ब्यवस्थापन र प्रहरीसँग समन्वय गरी गस्ती बढाई चोरी नियन्त्रण गर्नमा पहल गर्ने छु । किसानलाई समयमै मलखाद र बिउबीजनका लागि पनि मेरो पहल हुने छ । वडाबाट प्रदान गरिने सेवालाई चुस्तदुरुस्त पारी सेवाग्राहीमैत्री वडा बनाउने छु ।

Advertisement