May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

‘वडाका समस्यासँग परिचित छु, अवसर पाए समाधान गर्छु’

सोमबहादुर गुरुङ्ग (सेते): वडाध्यक्ष उम्मेदवार, सिद्धार्थनगर–१३ (काँग्रेस)

सिद्धार्थनगर नगरपालिकाको मुटुमा रहेर पनि वडा नं. १३ मा जनचाहानाअनुसार बिकास हुन सकेको छैन । खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य जस्ता कुरामा हामी पछाडी परेका छौं । खासगरी यी समस्यालाई समाधान गर्दै नगर भित्रको एउटा नमूना वडा बनाउने गरी मैले काम गर्ने छु । वडाबासीको भावना र मर्मलाई नजिकबाट बुझेको छु । यहाँका समस्यासँग परिचित छु ।

अहिले सार्वजनिक पदमा नहुुँदा पनि वडाबासीको समस्या समाधान गर्न, यहाँको बिकास निमार्णकालागि पहल गरिरहेको कुुरा जगजाहेर नै छ । आगामी निर्वाचनमा वडाबासीले मलाई बिजयी बनाउनुु भयो भने मेरो पहिलो प्राथमिकता वडाको सरसफाई र सुुन्दरीकरणमा ध्यान दिने छु । नियमित फोहोर उठाउने ब्यवस्था मिलाई वडाको सरसफाईमा बिषेश ध्यान दिने छु । डण्डा पुलबाट हुुने डुवानको समस्या समाधान गर्न ढुङ्गा जालीले तटबन्धन गर्नेछु । खानेपानीको समस्या समाधान गर्न प्रत्येक टोलमा निःशुुल्क रुपमा सार्वजनिक धाराको ब्यवस्था गर्ने छु ।

बृद्ध भत्ता घर घरमा पुर्याउने ब्यबस्थाका लागि पहल गर्ने छु । प्रत्येक छ महिनामा ६० वर्ष माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण वडामै गर्ने ब्यबस्था मिलाउने छु । वडालाई बाल तथा अपाङ्गमैत्री बनाउने, बिपन्न परिवारलाई आयआर्जनका लागि सीपमूलक तालिम, जन्म, मृत्य, बिबाह दर्ताको बिबरण संकलन गरी घरमै उपलब्ध गराउने मेरो योजना छ । वडाबाट लिइने करमा प्रकृति हेरी निःशुल्क र छुटको ब्यवस्था गर्ने छु । आफ्नो वडाको पहिचान झल्कने गरी बिभिन्न स्थानमा चिनारीकालागि स्वागतद्वार निमार्ण गर्ने पनि मेरो योजना छ । समग्र मैले पहिलो प्राथमिकता वडाबासीको भावना अनुसार काम गर्ने छु । वडाबासीलाई जहाँ समस्या पर्छ, त्यही पुगेर सेवा दिने छु । (पब्लि कुरासँगको कुराकानीमा आधारित)

Advertisement