December 10, 2024, Tuesday
२०८१ मंसिर २५

‘बिपन्न र दलितलाई निःशुल्क स्वास्थ्य बिमा मेरो प्राथमिकता’

करुञ्जनकुमार श्रेष्ठः वडाध्यक्ष उम्मेदवा, सिद्धार्थनगर–१२ (काँग्रेस)

मलाई वडा नं. १२ बासीले धेरैनै माया गरिरहनुभएको छ । बिगतमा पनि मलाई जिताउनुभयो । मैले वडाका धेरै घरमा खानो पानी पुुर्याएँ । पूर्वाधार बिकासतर्फ सडक बिस्तार, पिच, ग्राभेलका काम धेरै भएका छन् । घरघरमा आएर फोहोर उठाउने ब्यबस्था मिलाएँ । अहिले हप्तामा एक दिन फोहोर उठाइन्छ । अव मैले हप्तामा कम्तिमा दुईदिन घरघरमा गएर फोहोर उठाउने ब्यबस्था मिलाउने छु। सवै वडाबासीको घरघरमा खाने पानीको ब्यबस्था मिलाउने छु । भिमकाली पथ र सो सँग जोडिएका सवै बाटोमा नालीसहितको पिच गरी खानेपानी पुर्याउनुु पर्ने छ । यसलाई म प्राथमिकतामा राखेर अगाडि बढाउने छु ।

वडाका सवै बालबालिकालाई अनिवार्य विद्यालयजाने वाताबरण मिलाउने, वडा भित्र क्रियापुुत्री भवन निर्माण, बेरोजगार युुवा युुवतीकालागि सीपमूलक तालिम, उद्यमशील तालिम, मन्दिर, शान्ति गुम्वाको उचित ब्यवस्थापन, सुत्केरी कोसेली कार्यक्रम संचालन गर्ने पनि मेरो योजना छ । बिपन्न, असाहय, दलित तथा पिछडा बर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा, जेष्ठ नागरिकलाई सम्मानको वातारण, सरल र छिटोछरितो रुपमा बृद्धभत्ता बितरणको ब्यबस्था पनि मिलाउने प्रतिबद्धता म वडाबासीहरुसँग गर्न चाहन्छु ।

Advertisement

वडा भित्रका मुख्य र सहायक सवै बाटोको पिच गरी बिजुुली बत्ती जडान, स्वर्गद्वारी घाटलाई थप व्यवस्थित गर्दै नदी कटान रोकथामकालागि तटबन्धन, सिद्धार्थ आधारभूत विद्यालयलाई अझ स्तरबृद्धि गर्ने योजना मेरो छ । वडामा एम्बुलेन्स, स्वास्थ्य चौकी संचालन, प्रतिभाशाली छात्रछात्रालाई प्रोत्साहनकालागि पुरस्कृत गर्ने ब्यबस्था पनि आगामी कार्यकालमा गर्ने छु ।

विधवा तथा एकल महिलाका लागि बिषेश कार्यक्रम ल्याउने छुु । यसका लागि म र मेरो टिमका सदस्य साथीहरु भगबती शर्मा, बिष्णु विक, पदमपाणि सुवेदी र समिर थापालाई जिताउनुभयो भने हामीले वडाबासीको भावना र चाहानालाई बुुझेर काम गर्ने छु । (पब्लि कुरासँगको कुराकानीमा आधारित)