December 12, 2024, Thursday
२०८१ मंसिर २७

‘नमुना वडा बनाउने मेरो लक्ष्य’

उमेश थापाः वडाध्यक्ष उम्मेदवार, सिद्धार्थनगर–८ (एमाले)

यसअघि २०७४ को निर्वाचनमा मलाई वडाबासीले सदस्यमा सर्वाधिक मत दिएर जिताउनुुभयो । त्यसका लागि आभारी छुु । सदस्य पदमा रहँदा मैले नगरपालिकाको न्यायिक समितिमा रहेर काम गर्ने अवसर पाएँ । यो बीचमा मैले वडाको मात्र नभई समग्र नगरवासीका लागि न्याय दिलाउन सकेजस्तो लाग्छ । वडाबासीको भावनालाई बुुझेर बिकास निमार्णका काम अगाडि बढाएको र सवैसँग समन्वय, सहकार्य गरेर काम गरेको पनि सवैमाझ जगजाहेर नै ।

पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सीपमूलक र आयआर्जन बृद्धिका तालिमहरु वडामा भए । कोरोना महामारीमा मैले आफ्नो ल्याकतले भ्याएसम्म सहयोग गरेँ । बिगतमा मलाई भारी मतले बिजयी बनाउनुुभयो, यो पटक त्यही उत्साहका साथ वडाअध्यक्षमा उम्मेदवारी दिएको छु । मेरो पहिलो प्राथमिकता भनेकै वडालाई स्वच्छ, सफा, सुुन्दर हरियाली बनाउने रहने छ । वडाको फोहोरमैला ब्यबस्थापनमा बिषेश ध्यान दिने छुु । बर्खायाम अगाडि ढल तथा नालीको सफाई गरी डुवानको समस्या हुुन दिने छैन ।

वडालाई अझ नगर भित्रको नमुुना बनाउन यहाँका स्थानीयहरुसगं रायसुझाव र सल्लाह लिएर काम गर्ने छुु । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद क्षेत्रको समग्र बिकास गर्ने छुु । खानेपानी, सडक, बिजुुली बत्ती नपुुगेको स्थानमा पुुर्याउने, नियमित गर्ने मेरो योजना छ । वडाको समग्र बिकासका लागि यहाँका बुद्धीजिवी, अगुुवा, संस्थासंग नियमित रायसुुझाव लिने छुु । सहकार्यलाई आत्मसाथ गरी अगाडि बढ्ने छुु । जेष्ठ नागरिक, अपांग, पिछडिएका वर्गको उत्थानमा लाग्ने छु । सबैभन्दा महत्वपूर्ण कुरा नागरिकलाई असल र सही चरित्र निर्माणमा योगदान दिने छु । कहिल्यै कसैको मन दुख्ने काम गर्ने छैन । (पब्लिक कुरासँगको कुराकानीमा आधारित)