May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

‘हामीले निर्वाचन जितिसकेका छौं, प्रक्रिया मात्रै पूरा गर्न बाँकी छ’

सिद्धार्थनगर–८ निवासी जीवलाल अर्याल नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुन् । नगरमा लोकप्रिय रहेका अर्यालय यतिबेला स्थानीय तह निर्वाचनमा केन्द्रित छन् । यसै सन्दर्भमा सिद्धार्थनगरमा नेकपा एमालेको अवस्था बारे अर्यालसँग पब्लि कुराले गरेको कुराकानीको सारसंक्षेप :

Advertisement

स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा एमालेको स्थान के हुन्छ ?
गत निर्वाचनमा हाम्रो पार्टीका मेयर–उपमेयरसहितले विजयी भई यस नगरको समृद्धिका लागि धेरै काम गरेका छन् । यो सबैमाझा छर्लङ्ग छ । यसैले हामी हाम्रा जनप्रतिनिधिले नगरमा गएको पाँच बर्षमा गरेका विकास निर्माण र सामाजिक विकासका विभिन्न कामले गर्दा फेरि पनि निर्वाचन जित्छौं भन्नेमा छौं । सिद्धार्थनगर रणनीतिक हिसाबले महत्वपूर्ण नगर हो । यसले गर्दा यहाँ एमालेको जित जरुरी छ । अर्कोतिर हामीले आसन्न निर्वाचनमा नगरका साझा व्यक्तित्वको रुपमा परिचित पार्टीमा मात्रै नभएर नगरका प्रिय डा.रामप्रसाद बस्याललाई अघि सारेका छौं । यी दुई कारणका अतिरिक्त नगरमा हाम्रो पार्टीको सांगाठानिक अवस्था राम्रो छ । जसले गर्दा हामी जित्छौं ।

एमालेको प्रतिष्पर्धा कुन पार्टीसँग हुँदैछ ?
एमाले आफैमा लोकप्रिय, जनतामाझ भिजेको पार्टी हो । एमालेले गरेका कामले जनताको मन जितेको छ । तसर्थ भैरहवाको हकमा हाम्रो प्रतिस्पर्धी कोहीसँग पनि छैन । त्यसैले एमाले एक्लै हिँडेको छ र यसको प्रतिष्पर्धा अरु कुनै पार्टीसंग छ जस्तो लाग्दैन । हाम्रा उम्मेदवारहरुले निर्वाचन जित्ने पक्का छ । अझ अगाडि बढेर भन्ने हो भने हामीले निर्वाचित जितिसकेका छौं, प्रक्रियामात्रै बाँकी हो ।

अन्त्यमा सिद्धार्थनगरबासीलाइ के भन्नुहुन्छ ?
म सिद्धार्थनगरमा बस्ने सम्पर्ण नगरवासीलाइ के भन्न चाहन्छु भने तपाइूँहरुले एमालेले गरेको काम दैलोदैलोमा पुगेको देख्नुभएको छ । यस्तै कामहरु पुरा गर्ने भनेको फेरी पनि एमाले नै हो । नगरवासीको रहेक अवस्थामा साथदिने एमााले नै हो । त्यसकारणले एमालेलाईनै भोट दिएर यस सिद्धार्थनगरको समृद्धि अगाडि बढाउन सकिन्छ । हिज नभएका कामहरु पनि अगाडि बढाउन सकिन्छ । सबैले अहिले ढुक्क भएर अहिले सूर्यमा मतदान गरेर जिताउनुस् र हामीले यो सिद्धार्थनगरको मुहार फेर्छौ । हामीले २६ बुदँे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छौं । त्यहाँ हामीले गर्न सकिने केही महत्वपूर्ण कामहरु लिपीबद्ध गरेर सबै जनता समक्ष पुराएका छौं । जनताको विश्वास, सद्भाव र मायाले प्रदान गर्ने मतलाई नेकपा एमाले पार्टी र पार्टीका तर्फबाट मेयरका उम्मेदवार डा.रामप्रसाद बस्याल, उपमेयर उम्मेदवार उमा अधिकारी, वडाध्यक्ष तथा सदस्यहरुका उम्मेदवारले जित्नुहुन्छ । हामीले बाचा गरेको काम गर्छौं, जनतासँग कहिल्यै झुट बोल्दैनौं भन्न चाहान्छु ।