May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

पाल्पामा ११३३ जनाको उम्मेदवारी

पाल्पा– पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी परेको छ। आसन्न स्थानीय तह निर्वाचनका लागि दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडामा ४२५ पदका लागि उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

Advertisement

जिल्ला निर्वाचन कार्यालयका पालिका प्रमुख तथा अध्यक्षमा ५१, उपप्रमुख तथा उपाध्यक्षमा ३८, वडाध्यक्षमा २४४, महिला सदस्यमा १९७, दलित महिला सदस्यमा १८१ र खुला सदस्यमा ४२२ जनाको उम्मेदवारी परेको हो।

स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेबाट उम्मेदवारी दिएका तीन वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको सूचना अधिकारी कल्पना पौडेलले बताइन् ।

पूर्वखोला गाउँपालिका–२ जल्पामा महिला सदस्य उम्मेदवार भिमीसरा आले, वडा नं ५ वीरकोटकी दलित महिला सदस्य उम्मेदवार पार्वती हिताङ्ग सार्की र निस्दी गाउँपालिका– ६ अर्चलेका दलित महिला सदस्य उम्मेदवार लालीमाया विक निर्विरोध भएका हुन्।