May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

काँग्रेसबाट बुटवलको मेयरमा पाण्डे उम्मेदवार

बुटवल- रुपन्देहीको बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार खेलराज पाण्डेयलाई बनाउने नेपाली काँग्रेसले निर्णय गरेको छ । काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राती अबेरसम्म बसेको बैठकले पाण्डेयलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको बोर्ड सदस्य विष्णु पोखरले जानकारी दिए ।

यहाँ सत्ता गठबन्धनबाट काँग्रेसलाई मेयर भागमा परेको छ । उपमेयरमा नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुंग उम्मेदवार बनिसकेका छन् । पाण्डेय काँग्रेस बुटवलका नगर सभापति समेत हुन् । काँग्रेसका पाण्डेय यस अघि पनि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए । अहिले एमाले बुटवलमा बाबुराम भट्टराईलाई उठाउने निर्णय गरेको छ । आज दुवै जनाले मनोनयन दर्ता गर्ने छन् ।

Advertisement