May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

आज र भोलि उम्मेदवारी दर्ता

भैरहवा– स्थनीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगकाअनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।

Advertisement

आगामी वैशाख ३० गते हुन लागेको निर्वाचनका लागि दुई दिन मनोनयन दर्ता हुन लागेको हो । यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ ।

१३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने छ । १५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताले तोके बमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ । यदि आचारसंहिता विपरीत कार्य भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा अनुरोध गरिएको छ ।

७५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन् । मतदान केन्द्रमा प्रयोग हुने सामग्र पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ । १७ स्थानीय तह रहेको रुपन्देहीमा मनोनयन दर्ताका लागि सबै तयारी पुगेको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।