May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

एमालेबाट बाबुराम भट्टराई बुटवलको मेयरमा उम्मेदवार

भैरहवा- नेकपा एमालेले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर) मा बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटीको सचिवालय बैठकले भट्टराईलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै, उपप्रमुख (उपमेयर) मा सावित्रादेवी अर्याललाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

भट्टराईले एमालेको राजनीतिसँगै औषधि व्यवसाय पनि गर्दै आएका छन् । बुटवलमा मेयरको उम्मेदवारका लागि एमालेबाट हालका मेयर शिवराज सुबेदी, नेता गोपाल राना, हालकी उपमेयर गोमा आचार्य लगायत पनि आकांक्षी थिए ।

Advertisement