May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

दुई वर्षपछि एसईई

भैरहवा– माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट देशभर एकसाथ सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । बिहान ८ बजेबाट सुरु परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ ।

Advertisement

विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिन सुरु गरेका छन् । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन यसअघि प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको थियो । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् ।

कोभिड–१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै सञ्चालन भएको हो । परीक्षामा देशभरबाट पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ ।

कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् ।

यस्तै लुम्बिनी प्रदेशबाट लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ परीक्षार्थी सहभागी हुने छन् । लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागी हुने परीक्षार्थी मध्ये २ हजार ८६६ जना प्राविधिक धारका र २ जना परीक्षार्थी दृष्टिबिहिन रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले जानकारी दिए ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा र सबै भन्दा कम परीक्षार्थी रुकूम पूर्वमा रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक गैरेले बताए ।

यस्तै परीक्षा सञ्चालनका लागि ३ सय २७ केन्द्राध्यक्ष, ५ सय ७९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३४५ जना निरीक्षक, ८ सय ६७ जना सहायक निरीक्षक र १ हजार ७१३ जना कार्यलय सहयोगि परीक्षामा खटिने निर्देशक गैरेले बताए ।

जिल्लागत विवरण
१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा २ दृष्टिबिहीनसहित १८ हजार २५४ परीक्षार्थी एसईईमा सहभागी भएका छन् । शिक्षा कार्यालयकाअनुसार रुपन्देहीमा ५५ केन्द्राध्यक्ष, १२२ सहायक केन्द्राध्यक्ष, ९१७ जना निरीक्षक र १८५ जना सहायक निरीक्षक परीक्षामा खटिएका छन् ।

बाँकेमा ९ हजार २८९ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । बर्दियाबाट ८ हजार ५९१ परीक्षार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी छन्् । यस्तै, दाङमा १३ हजार १५२ सहभागी छन् ।

यस्तै, सबै भन्दा कम रुकूम पूर्वमा १ हजार १४१ परीक्षार्थी छन् । यहाँ ६ कोन्द्राध्यक्ष, ६ सहायक केन्द्राध्यक्ष, ५७ निरीक्षक र ११ जना सहायक निरीक्षक परीक्षामा खटिएका छन् । कपिलबस्तुमा ८ हजार ८३, रोल्पामा ४ हजारर ११७, प्यूठानमा ४ हजार ४२२, गुल्मीमा ४ हजार ८२३ जना परीक्षार्थी छन् । नवलपरासीमा ६ हजार ३२६, पाल्पामा ४ हजार ८४१ र अर्घाखाँचीमा ३ हजार ५८५, जना परीक्षार्थी एसईईमा सहभागी छन् ।