May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

नेपालगञ्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु

बाँके– कारको ठक्करबाट बाँकेको नेपालगञ्जमा तीन जनाको मृत्यु भएको छ । प्रदेश ३०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जस्थित वीपीचोक नजिक ठक्कर दिंदा हिँडिरहेका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको बाँके प्रहरीले बताएको छ ।

घटना गएराति ११ः४५ को हो । कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोम पुर्याएका थिए । १५ मिनेट पछि नै अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको थियो । बाँके प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Advertisement