March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सत्ताघटक दलले रुपन्देहीमा गठबन्धन गर्ने

भैरहवा- सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली काँग्रेस रुपन्देही पार्टी कार्यालय, भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै त्यसका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ ।

Advertisement

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजबादीका अध्यक्ष राजुु गुुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ ।

Advertisement

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको बस्तुु स्थिति बुुझी केन्द्रलाई सुुझाव पठाउने छ भने जिल्लामा आवश्यक रणनीति तय गर्ने छ । संयन्त्रले आ-आफ्नो पार्टीको स्थानीय तहमा बस्तुु स्तिथि बुुझी यही चैत २२ गते थप छलफल गर्ने छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, कांग्रेस रुपन्देहीका सभापति खाँण, उपसभापति थानेश्वर घिमिरे, सुशील गुरुङ्ग, माओबादी केन्द्रका जिल्ला ईन्चार्ज हकिकुल्ला खाँ, जनता समाजबादीका अध्यक्ष रामअवतार यादव, केन्दीय सदस्य देवेन्द्र पाण्डे, एकीकृत समाजबादीका ईन्चार्ज सिद्धीचरण भट्टराई, माओबादी केन्द्रका सोनिया यादव, माओबादीकै केन्द्रीय सदस्य महसुद अली, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेत्र आचार्य लगायतको सहभागीता थियो ।