March 22, 2025, Saturday
२०८१ चैत्र १०

कविता : तालमेल

१.
बिहानी सत्रमा देखेँ
फरक क्षेत्रमा देखेँ
कता हो डिउटी
म्यादी वस्त्रमा देखेँ

२.
वैशाखमा कोट हाल्ने हो
मायाको बोट हाल्ने हो
तिमी आउँछ्यौ नि
यसपालि भोट हाल्ने हो

Advertisement

३.
अलिकति जालझेल गरौँला
तिमी र म तालमेल गरौँला
किन डराउँछ्यौ
दुवैले जित्ने खेल गरौँला

४.
मत बढी होला
खत बढी होला
एकान्तमा के थाहा
हर्कत बढी होला (baarakhari)