रेडपान्डाको चोरी सिकारले चिन्ता
भैरहवा– लुुम्बिनी प्रदेशको रोल्पा लगायत पहाडी भुगोलमा पाइने दूर्लभ रेडपान्डाको चोरी शिकार बढेपछि संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि यसको चोरी सिकार नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय समुदायको सक्रिय सहभागिताले मात्र रेडपाण्डाको संरक्षण सम्भव हुने उनीहरुले बताएका छन् । चोरी शिकार नियन्त्रणमा नआएपछि रोल्पा लगायत पहाडी जिल्लाका सर्वसाधरणले जनचेतना मुलुक कार्यक्रम चलाउनु पर्नेमा जोड दिएका छन् । रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले रेडपान्डाको चोरी रोक्न र संरक्षणमा ध्यान पुर्याउन ढिला गर्न नहुने बताए ।
पछिल्लो अवस्थामा दाङ, नेपालगंज लगायतका बजार क्षेत्रमा पहाडी क्षेत्रबाट चोरी गरेर मारिएका रेडपान्डाका छालासहित विभिन्न व्यक्तिहरु पक्राउ गरेका छन् । रोल्पाको उपल्लो भेगमा पर्ने पाँच वटा स्थानीय तहमा रेडपान्डा संरक्षण कार्यक्रम संचालित छ । विश्वमै अति दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षण गर्न रोल्पामा एक वर्षदेखि कार्यक्रम सचालन भएको हो ।
रेडपान्डा नेटवर्क र अन्य संस्थाको सहयोगमा रोल्पासहित डोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा रेडपान्डा संरक्षण योजना संचालित छ । रोल्पा नगरपालिकासहित गाउपालिकाहरु थबाङ, सुनछहरी, गंगादेव र परिवर्तनमा उक्त कार्यक्रम संचालन भएको छ । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा हरेक वर्षमा नवीकरण हुने उक्त कार्यक्रम अढाई वर्षसम्मको पहिलो चरणमा संचालन हुने योजनाका रोल्पामा सयोजक नवीन केसीले बताए । उनले रेडपान्डाको बसोबास स्थलको खोजी समेत भइरहेको बताए ।
प्रतिकृया दिनुहोस्