March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

माओवादी केन्द्रको २५३ सदस्यीय लुम्बिनी प्रदेश कमिटी गठन

भैरहवा– नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेशका पदाधिकारीको टुंगो लगाएको हो ।

Advertisement

माओवादीले यसअघिको लुम्बिनी सरकारका पूर्वसामाजिक विकास मन्त्री समेत रहेका गुल्मीका बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो । यसअघि प्रदेश अध्यक्षमा बरालको नाममा सहमति भए पनि अन्य पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन ।

Advertisement

पार्टीकाअनुसार प्रदेश कमिटी उपाध्यक्षहरुमा बर्दियाका दुर्गा थारु, दाङका नुमाकन्त न्यौपाने र रोल्पाका बीरबहादुर खत्री, सचिवमा प्युठानका कृष्ण अधिकारी चयन भएका छन् ।

सहसचिवहरुमा बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणि खनाल लगायतले सपथ ग्रहण गराएका थिए ।