May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

सही ढंगले फेसियल नगर्दा बिग्रेला अनुहार

फेसियल भन्नासाथ सम्पूर्ण अनुहारको उचित हेरचाह र सफाई भन्ने बुझिन्छ। फेसियलले अनुहारलाई सुन्दर, सफा, चम्किलो र नरम बनाउँछ। आजको व्यस्त र भागदौडको जीवनमा मानिसले आफ्नो हेरचाह गर्न सक्दैन। त्यसमाथि पनि अनुहारको हेरचाह भनेको प्रमुख रुपमा पर्न आउँछ। त्यसैले मानिसले फेसियल अनिवार्य रुपले गर्नुपर्छ। किनकि यसले अनुहारको सुन्दरता बढाउनुका साथै आराम पनि दिन्छ। फेसियल गर्ने भन्दैमा जस्तो पायो उस्तो ठाउँमा र जे पायो त्यहीले गर्नुहुँदैन। यो सही ढंग र निपूर्ण हातले गर्नुपर्दछ। कहीँ कतै अलिकति गल्ती भएमा अनुहारमा नराम्रो असर पर्दछ।

Advertisement

फेसियल २५ वर्ष नाघेपछि मात्र गर्नुपर्छ भन्ने धारणा रहेको छ। तर जुन अनुहारमा धेरै मेकअप गरिन्छ, छालामा समस्या छ र धेरै फोहोर छ भने त्यस्तो व्यक्तिले चाँडो फेसियल गर्नुपर्छ। जस्तै मोडल तथा कलाकारहरु महिनामा एकपटक फेसियल गर्ने गर्छन्। तर छालाको बनावट उमेर र अवस्था हेरिकन महिनामा दुई पटकसम्म गर्नु उचित मानिन्छ। नियमित रुपले फेसियल गर्नाले मानिसको उमेर पनि कम जस्तो देखिन्छ।

हामीले फेसियल गर्ने त भन्दछौं, तर यस्तो फेसियल कस्तो हुन्छ, कति प्रकारका हुन्छन्,  कस्तो छालामा गर्ने भन्ने जानकारी हुनुपर्छ।

फेसियल पनि विभिन्न प्रकारका हुन्छन्। जस्तो : साधारण, गोल्ड, पर्ल, चकलेट, फ्रुट, एन्टिएजिङ, एन्टिचाँडो पिग्मेन्टेसन, थर्मोहव आदि। यसमा स्मरणीय कुरा भनेको छालाको प्रकारअनुसार फेसियल किटको प्रयोग गर्नु हो। धेरै प्रकारका फेसियलमध्ये थर्मोहब विशेष प्रकारको फेसियल हो। जुन एन्टिएजिङका लागि गरिन्छ। अर्थात् अनुहारको चाउरीपना नियन्त्रण गर्न यो फेसियल लाभदायक छ। यसलाई विशेष सावधानी र विशेष प्रक्रियाबाट गरिन्छ।

फेसियलका तरिकाहरु
क्लिजिङ – ३ देखि ५ मिनेट

स्क्रव– ३ देखि ५ मिनेट

मसाज क्रिम लगाएर मसाज गर्ने – १० देखि १५ मिनेट

भाइब्रेटहरु – ३० सेकेन्डदेखि ६० सेकेन्ड

फेरि अनुहारभरी क्रिम लगाउने र बाक्लोसँग र चिसो गजले छोप्ने। थर्मोपाउडरलाई चिसो पानीमा फिट्ने र चाँडो लगाउने (नाक, आँखा, मुखबाहेक) २५ – २५ मिनेट राख्ने र हलुका हातले तलबाट निकाल्ने। त्यसपछि कोल्ड कम्प्रेसन दिने र कभरिङ क्रिम लगाइदिने। थर्मोहब फेसियलले ओपन पोर्स, सुख्खा छाला चाउरी छाला, चाँया भएको छाला, ब्ल्याक हेड्स र ह्वाइट हेड्स भएको छालामा गर्दा लाभदायक हुन्छ। हाई ब्लडप्रेसर सेन्सेटिभ छाला र २५ वर्षभन्दा कम उमेर समूहकाले यो हब फेसियल गर्नुहुँदैन।