May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

बुटवलमा माटोको ढिस्कोले पुर्दा दुईजनाको मृत्यु

बुटवल- माटोको ढिस्कोले पुर्दा बुटवलमा २ युवाको मृत्यु भएको छ । बुधबार साँझ बुटवल उपमहानगरपालिका–११, प्रगतिनगरमा तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा माटोको ढिस्को खसेपछि ढिस्कोसँगै ५ जना खसेर घाइते भएका थिए ।

घाइते भएका पाँचै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर २ जनाको उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।

उपचारका क्रममा मृत्यु हुनेमा ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा छन् । घटनामा २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएका छन् । उनीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement