May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बेलहिया नाका बसपार्क बन्यो !

भैरहवा– मुलुकमा सबैभन्दा धेरै स्थलमार्गबाट पर्यटक आउजाउ हुने रुपन्देहीको बेलहिया नाका हो । धेरै आउजाउ र चहलपहल हुने नाका भए पनि यो व्यवस्थित हुन सकेको छैन । यो नाका ‘लास्टै झुर’ छ ।

Advertisement

अहिले यो बसपार्क बनेको छ । सुन्दर नेपाल भ्रमणको कल्पना गरेर यहाँ घुम्न आउने पर्यटक पनि नाकामा पुगेपछि नाक खुम्च्याउन बाध्य छन् । कोरोना संक्रमण होस् या पर्यटक आउने सिजन । आयात–निर्यातका बेला यो नाका सधैं चर्चामा रहने गरेको छ । तर, यसको व्यवस्थापनमा कुनै सरकारले ध्यान दिएको पाइँदैन ।

Advertisement

नाका आसपास पुरानो बाक्लो बस्ती छ । त्यसैले सडक सांघुरो छ । बुटवल–बेलहिया ६ लेन सडक अधिकांश भाग निर्माण पूरा भइसकेको छ । नाकाबाट करिब ७ सय मिटर सडकखण्डको अहिलेसम्म निर्माण सकिएको छैन । जसले गर्दा बाह्रैमास सडक धुलोमैलो हुने गरेको छ । ठूला खाडल छन् ।

खाडलले गर्दा दुर्घटनाको जोखिम छ । यस्तो जोखिमपूर्ण सडकमा बस, ट्याक्सी, ट्रक, ट्रयाक्टर, हलुका सवारीका साधनको ताँती हुन्छ । मूल भन्सार कार्यालय नाका र सडकमै जोडिएको छ । जसले गर्दा मालबाहक गाडीको भीड हुन्छ । नाका हुँदै ओहोर–दोहोर गर्नेको घुइँचो उस्तै हुन्छ ।

नाकाबाट जिल्ला भित्र र मुलुकका विभिन्न स्थानका लागि छुट्ने गाडीको लाम लागेको हुन्छ । ती गाडीका कर्मचारीले यात्रुलाई तानातान गर्छन् । जवरजस्र्ती नै गरेको देखिन्छ ।

पर्यटन व्यावसायी बेलहिया नाकाको दुर्दशाका कारण लुम्बिनीलगायत मुलुकका पर्यटकीय स्थल घुम्न आएका पर्यटक फर्किने चिन्ता व्यक्त गर्छन् । सफाइ नहुँदा फोहोरले पर्यटक नाक थुनेर हिंड्न बाध्य छन् । भारतलगायत श्रीलंका, थाइल्याण्ड, म्यानमार, चीन, कोरिया, अमेरिका, अष्ट्रेलिया, भियतनाम लगायत एक सयभन्दा बढी मुलुकका पर्यटक भित्रिने बेलहिया नाकाको दुर्दशाका कारण पर्यटकमा नकारात्मक सन्देश प्रवाह हुने चिन्ता बढेको छ ।

भत्किएको सडकका खाल्डाखुल्डी, धुलो र हिलोले पर्यटकसँगै स्थानीय पनि आजित छन् । पर्यटक आउने नाका भएकाले सरसफाई र व्यवस्थित बनाउनुपर्ने भए पनि यसप्रति कुनै पनि निकायले त्यती चासो नदिएको स्थानीय श्रीचन गुप्ताले बताए ।

‘अहिलेसम्म धेरै सरकार फेरिए पनि बेलहिया नाकाको अवस्था ज्यूँका त्युँ छ’, उनले भने । पर्यटकले अध्यागमनको कागजपत्र बनाउने विषयमा अलमलिने गरेको पर्यटक प्रहरी कार्यालय बेलहियाका प्रहरी नायव निरीक्षक मोहनकुमार गुरुङले बाए ।

कागजी विषयमा विदेशीले नबुझ्दा झनझट व्यवहोर्नुपर्ने बताए । आफूहरुले ती समयमा सहयोग गर्ने गरेको भन्दै उनले अध्ययन गरेर नेपाल आउने पर्यटकलाई त्यती गाह्रो नहुने गरेको जनाए ।

गुरुङले अन्तरदेशीय पयैटक विना पासपोर्ट आउन मिल्ने र ती बाहेकका विदेशीसँग अंग्रेजीमा कुरा गर्न पर्ने भएकाले भाषागत केही समस्या पर्ने गरेको बताए । भन्सारमा जाने गाडी मात्र अर्को सडक हुँदै जाने गराउन सकिए भताभुंग देखिएको दृश्य परिवर्तन हुने ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक नवीन पौडेलले बताए ।

अन्यत्र नभएको व्यवस्थापन रुपन्देहीको बेलहिया नाकामा हुँदा समस्या थपिने गरेको पौडेलको भनाई छ । उनले कस्टम ब्यारियर भन्दा सीमामा पसल, पार्किङ भएको नाका बेलहिया मात्र भएको भन्दै उनले सुरक्षाका हिसाबले समेत यो सुविधा चुनौतीपूर्ण रहेको जनाए ।