April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

काँग्रेस अधिवेशन : लुम्बिनीमा आज १० बजेदेखि मतदान

भैरहवा– नेपाली काँग्रेसको लुम्बिनी प्रदेशमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । बिहान १० बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

Advertisement

१४औं राष्ट्रिय महाधिबेशन अन्तर्गतको भैरहवास्थित महेन्द्र सभागृहमा बिहीबारबाट जारी अधिवेशनमा आज मतदान हुन लागेको हो । शुक्रबार मनोनयन दर्ता भएको थियो ।

Advertisement

सहमतिका लागि प्रयास भए पनि सहमति नट्दा निर्वाचन हुने निश्चित भएको छ । लुम्बिनी संस्थापन र संस्थापनइतर पक्षले प्यानलै बनाएर निर्वाचनमा होमिएका छन् ।

सस्थापन समहबाट ूप्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापनइतरबाट संबिधानसभा सदस्य, रोल्पाका पूर्व जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल मैदानमा उत्रिएको छ ।

शाहलाई काग्रेस केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाण, पर्व राज्यमन्त्री देवेन्द्रराज कँडेल सर्मथन गरेका छन् भने पुनलाई केन्द्रिय सदस्य चन्द्र भण्डारी, दीपक गिरी लगायतका नेताले सर्मथन गरेका छन्।

पुनलाई लुम्बिनीका १२ जिल्लामध्ये ९ जिल्ला सभापतिले समर्थन गरेका दावी गरिएको छ । शाहलाई २ जिल्लाका सभापतिको रहेको बताइएको छ । बाँकेमा भने निर्वाचन भएको छैन्।