April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

कांग्रेस रुपन्देही क्षेत्र नम्बर तीनमा संस्थापनको प्यानलै विजयी

भैरहवा- नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को सभापतिमा सुशील गुरुङ विजयी भएका छन् ।  आज बिहान सम्पन्न मतगणना अनुसार पार्टी सभापति शेरबहादुर देउवा समूहका गुरुङको प्यानल नै बिजयी भएको हो ।

Advertisement

सभापतिमा  गुरुङले ३ सय ७७ मत ल्याई बिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २ सय ४२ मत मात्र प्राप्त गरे । यस्तै सभापतिका अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत प्राप्त गरे ।

Advertisement

सचिवमा गुरुङ प्यानलकै भवानीप्रसाद शर्माले ३ सय ७६ मत र लेखनाथ भट्टराईले ३ सय ६२ मत प्राप्त गरी विजयी भए । यादव प्यानलका शैलेसकुमार पन्तले २ सय १८ र टंकप्रसाद पाण्डेले २ सय २७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले जनाए ।

सहसचिवमा पनि गुरुङ प्यानलकै कुलप्रसाद न्यौपानेले ३ सय ७२ मत र प्रेमसागर थारुले ३ सय ८२ मत ल्याएर विजयी भएका छन् । यादव प्यानलका अमृता लम्सालले २ सय २५ तथा सुरेन्द्र धवलले २ सय १० मत प्राप्त गरे ।

सदस्य एवम् केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पनि गुरुङ समूहकै एकल वर्चस्व रहेको छ । क्षेत्रिय सदस्य एवम केन्द्रिय महाधिवेशन प्रतिनिधिमामा गुरुङ प्यानलकै सबै उम्मेदवारहरु बिजयी भएका छन् ।