March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

‘न्यायालयमा सुशासन कायम गर्न राजनीतिक दलहरु बाधक’

बुटवल-  नेपाल बार एशोसिएसनले आज मुलुक भरमा रहेका उच्च अदालत, इजलास र अस्थायी इजलास गरि १८ स्थानमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बिरोध कार्यक्रम गरेका छन् ।

Advertisement

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा भएको बिरोध कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमा विकृति, विसंगति र विचौलिया बढाएको भन्दै मार्ग प्रशस्त पार्नुपर्ने बताए । ‘अहिलेको आन्दोलन कुनै पात्रको नभइ प्रवृत्तिविरुद्ध हो, यसमा सबै अधिवक्ताले साथ दिन आग्रह गर्छु’,  रुपन्देहीका वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेले भने, ‘अबैध काम गरेका यथेष्ट प्रमाणसहित महाअभियोग लगाउन आग्रह गर्दा समेत राजनीतिक दल मौन बस्नु राम्रो होइन ।’

Advertisement

न्यायालयमा सुशासन कामय गराउन नेपाल बारले अगाडि बढाएको मुद्दामा राजनीतिक दलहरु बाधक बनेको आरोप उनले लगाए ।  सबै सरोकारवालाहरुले साथ दिए चोलेन्द्र प्रवृत्तिको अन्त्य चाँडै समाप्त हुने उनीहरुको दाबी छ ।

राजनीतिक दलहरुको नैतिक धरातल कमजोर रहेकाले कार्यपालिका र व्यवस्थापिकामा पनि क्रमश: सुधार आवश्यक रहेको नेपाल बार एशोसियसन केन्द्रिय अध्यक्ष बालकृष्ण बन्जाडे बताए ।

नेपाल बारले उठाएको मुद्दामा कानुन व्यवसायीकै मतमतान्तर हुनु राम्रो पक्ष नभएको उनीहरुकोे तर्क थियो । केहीले इजलास बहिष्कार गर्ने त कोही सहभागी हुँदा मुद्दा कमजोर हुँदै गएको नवलपरासी पश्चिमका वरिष्ठ अधिवक्ता लिलाधर मरासिनीले बताए ।

बुटवलमा भएको विरोध कार्यक्रममा नेपाल बारका केन्द्रिय प्रतिनिधि, रुपन्देही, नवलपरासी पश्चिम र कपिलबस्तुका कानुन व्यवसायहरुको सहभागिता थियो ।