April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

कांग्रेस अर्घाखाँचीको सभापतिमा पौडेल पक्षका श्रेष्ठ विजयी

अर्घाखाँची- नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केशव श्रेष्ठ विजयी भएका छन् ।

Advertisement

श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी  पौडेल पक्षकै इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरे । यस्तै पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार यादवप्रसाद घिमिरेले भने ३०९ मत प्राप्त गरेका छन् ।

Advertisement

जिल्ला अधिवेशनमा निवर्तमान सभापति बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरेपछि महासमिति सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेबीच सभापति पदमा निर्वाचन भएको थियो ।

निर्वाचनमा १४ सय २१ मत खसेकोमा २७ मत बदर भएको थियो ।