March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

दुर्घटनामा परी माओवादी रुपन्देही इन्चार्ज बन्जाडेको निधन

बुटवल-  दुर्घटनामा परी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’ को निधन भएको छ । बन्जाडे सवार मोटरसाइकललाई मंगलबार साँझ बुटवलमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। 

Advertisement

बुटवलस्थित सिटी अस्पतालमा उपचारका लागि ल्याइएका बन्जाडेको बुधबार बिहान ५:३० बजे निधन भएको माओवादी रुपन्देहीले जनाएको छ ।

Advertisement

भालुवाङबाट फर्कंदै गर्दा बुटवल उपमहानगरपालिकास्थित बेलबासमा  ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  दुर्घटना लगत्तै अस्पताल पुर्याइए पनि उनलाई बचाउन नसकिएको माओवादीले जनाएको छ ।

विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएक बन्जाडे अखिलको  केन्द्रिय महासचिवसम्म भएका थिए । प्रखर वक्ता उनी जनयुद्धको क्रममामा पार्टी नेतृत्वसंगै सप्लाई बिभागमा लामो समय काम गरेका थिए । उनले लामो समय अर्घाखाँची र रुपन्देहीको पार्टीको नेतृत्व गरेका थिए ।