April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

काँग्रेस रुपन्देही एकको सभापतिमा केसी निर्वाचित

देवदह– नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर–१ को सभापतिमा हिरा केसी निर्वाचित भएका छन् । पार्टीको क्षेत्रीय अधिवेशनबाट केसी पुनः सभापतिमा निर्वाचित भएका हुन् ।

पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदान परिणामअनुसार सभापतिमा विजयी केसीले ३९६ मत प्राप्त गरेका छन् ।
अर्का उम्मेदवार विश्वनाथ यादवले २१५ मत प्राप्त गरे ।

त्यस्तै सचिव पदमा बैजनाथ शाहनी र बिजय गुरुङ तथा सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान निर्वाचित भएका छन् । सचिव र सहसचिवमा विजयी उम्मेदवार पनि केसी समूहकै हुन् ।

Advertisement