काँग्रेस रुपन्देही एकको सभापतिमा केसी निर्वाचित


देवदह– नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर–१ को सभापतिमा हिरा केसी निर्वाचित भएका छन् । पार्टीको क्षेत्रीय अधिवेशनबाट केसी पुनः सभापतिमा निर्वाचित भएका हुन् ।
पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदान परिणामअनुसार सभापतिमा विजयी केसीले ३९६ मत प्राप्त गरेका छन् ।
अर्का उम्मेदवार विश्वनाथ यादवले २१५ मत प्राप्त गरे ।
त्यस्तै सचिव पदमा बैजनाथ शाहनी र बिजय गुरुङ तथा सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान निर्वाचित भएका छन् । सचिव र सहसचिवमा विजयी उम्मेदवार पनि केसी समूहकै हुन् ।







प्रतिकृया दिनुहोस्