December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

कांग्रेस रुपन्देहीलाई कमजोर गराउँदै प्रदेश सांसद अर्याल

भैरहवा- काँग्रेस सांसद रमा अर्याल यतिबेला चर्चामा छिन् । पार्टीभित्र आन्तरिक संघर्ष चलिरहँदा माथिल्लो तहका नेताको आलोचना गरेर उनले चर्चा बटुलिरहेकी हुन् ।

Advertisement

केही दिनयता उनले आफ्नै गृहजिल्लाका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणको आलोचना गरिरहेकी छन् । पार्टीका मामुली कार्यकर्तालाई कुटपिट गर्न निर्देशन दिएको जस्तो गंभीर आरोप गृहमन्त्रीमाथि लगाएकी छन् । खाँणलाई आरोप लगाएर पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा उनी अघि बढ्न खोजिरहेको प्रष्ट देखिन्छ ।

यसले खाँण भन्दा अर्याललाई आफै हानी गरिरहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । कतिपयले अब्बल  कहलिएका गृहमन्त्रीलाई बिबादमा ल्याउन सांसद अर्याल र उनी निकटले षड्यन्त्र गरेको टिप्पणी समेत गर्ने गरेका छन् ।

आफ्नै वडामा जनमत गुमाएकी नेपाली काङ्ग्रेस रुपन्देहीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी अर्याल पछिल्लो समय जिल्लामा काङ्ग्रेसलाई कमजोर पार्न योजनाबद्ध रुपमा लागेको आरोप छ । महिला अधिकारको ओकालत गर्ने  अर्यालले आफ्नो स्वकीय सचिबमा भने पति हेमराज अर्याललाई राखेकी छिन्  । यसले पनि उनको चर्को आलोचना हुने गरेको छ ।

काङ्ग्रेस गठबन्धनमा प्रदेशमा मन्त्रीका लागी निकै कसरतमा थिइन् । तर रामचन्द्र पौडेल निकटकी उनले आफ्नै खेमाबाट मन्त्रीमा परिनन् ।  पछिल्लो समय काङ्ग्रेसको १४ औं महाधिबेशनमा रुपन्देही क्षेत्र नम्बर ३ स्थित तिलोत्तमा नगरपालिका-१४ मा आफ्नै वडामा एक्लिए छिन्  ।

आफू र आफ्ना पति बाहेक उक्त वडाम अरु सबै क्षेत्रीय प्रतिनिधि संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा निकटबाट निर्वाचन भएका थिए । आफ्नै वडामा गुटको संरक्षण गर्न नसकेको भनेर पौडेल पक्षबाटै उनलाइ दबाब परेको थियो । खासगरी महिला अधिकारको वकालत गर्ने अर्यालले स्वकीय सचिबमा आफ्ना पतिलाइ राखेपछि उनीप्रति पौडेल समूहनै असन्तुष्ट छ।

त्यसमाथि प्रदेश अधिबेशनमा समेत उनले आफ्नै पतिलाइ पौडेल समूहबाट प्रदेश महाधिबेशन प्रतिनिधिमा उठाएकी थिएन् । पति हार्ने निश्चित भएपछि रुपन्देही प्रदेश सभा क्षेत्र नं ३ को (क) को मतगणना जबर्जस्त रोकाएकी थिइन् । प्रदेश सांसदको हबला दिँदै जबर्जस्त मतगणना स्थलमा प्रबेश गरेकी उनले त्यहाँ रहेका आफ्ना प्रतिनिधिलाई तानेर बाहिर निकालेको प्रत्यक्षदर्शी बताउँछन् ।

त्यसपछि मतगणना रोकिएको थियो । अर्को दिन आन्तरिक रुपमा आफ्ना  पतिसहित केही पौडेल पक्षलाइ प्रतिनिधि दिनु पर्ने सन्देस संस्थापन पक्षलाइ पठाएको र संस्थापन पक्षले मत परिणाम भन्दा बाहिर जान नसकिने अडान लिएपछि अबेर दुबैतर्फका प्रतिनिधिको रोहबरमा  मतगणना सुरु भएको थियो । उनको समूहले लज्जास्पद हार ब्यहोरेको थियो ।

तिनै अर्याललगायत पौडेल समूहका जिल्ला स्तरीय नेताको अगुवाइमा रुपन्देही क्षेत्र  नं ३ मा सोमबारको निर्वाचनमा पनि बखेडा निकाल्दै जबर्जस्त निर्वाचन रोकाइएको छ । दिउँसो २ बजे हुनु पर्ने मतदान मतपत्र छाप्न ढिलाइ हुँदा चार बजेबाट सुरु भएको थियो । जसरी पनि मतगणना रोकाउने र गृहमन्त्रीको क्षेत्रमा  बिबाद छ भन्ने देखाउन  तल्लीन यो समूह ५० मत खसेपछि बाहिरिएको थियो ।

सहमतिबाटै अगाडि बढेको संस्थापन पक्ष फेरि पनि सहमती जुटाउनमा लागेको छ । निर्वाचन प्रक्रिया भने अर्को सूचना जारी नहुँदासम्मक लागि  स्थगित गरिएको मतदान अधिकृत जिबनारायण अधिकारिले जानकारी दिए । दिनभर लाइनमा बसेका मतदाताहरु भने आफूहरुको चाहानाबिपरित मतदान बहिस्कार गरेको भनन्दै पौडेल समूहका नेताहरुसँग आक्रोशित बनेका थिए ।

यशभन्दा पहिला सहिद यादबनाथ आलोकको नामलाई भजाउँदै विभिन्न पद र ओहदामा पुगेकी अर्याल १४ औं माहाधिबेशनमा यादबनाथ आलोक परिवार संस्थापन पक्षमा गएपछि झनै आक्रोशित छिन् । सबैतर्फको रिस अहिले जसरी हुन्छ आफ्नै क्षेत्रका गृहमन्त्री बालकृष्ण खाँणलाई जबर्जस्त बिबादमा ल्याउने ध्याउन्नमा उनी लागेको र यसले पार्टीलाई हित नगर्ने भन्दै स्वं पौडेल समूहबाटै मतदानमा सहभागी हुन दबाब पर्न थालेको छ । 

सोमबार पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा भने उनले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएकाले आन्तरिक लोकतन्त्र बलियो बनाउन आफूहरु लागेको बताइन् । उनले संस्थापनको चर्को आलोचना गरिन् ।